काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कर्मचारी संघसंगठनलाई अघि सारेर सञ्चालक समितिलाई तर्साउन थालेका छन् ।
नियुक्त भएको तीन महिनासम्म पूर्ण बैंठक राख्न नसकेका अधिकारीले निगम भित्रका संघसंगठनलाई उचालेर तीन जना सञ्चालकलाई बर्खास्ती गराउन संस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्रसमेत बुझाउन लगाएका छन् ।
पछिल्लो समय अध्यक्ष अधिकारीका एकपछि अर्को नकरात्मक समचारहरु आइरहेका बेला निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिलाई नै प्रभावमा पारेर सञ्चालक समितिका सदस्यहरु डिमप्रकाश पौडेल,फुर्वा ग्याल्जे शेर्पा र ईश्वरी पौडेललाई तत्काल बर्खास्त गर्न मन्त्री आलेलाई ज्ञापनपत्र बुझाउन लगाएका हुन् ।
मन्त्री आलेलाई बुझाएको ज्ञापनपत्रमा निगमको सञ्चालक समितिमा प्रस्तावित भएका अतिगोप्य प्रस्तावहरु उक्त समितिमा छलफल हुँदै गर्दा सार्वजनिक सञ्चार माध्यममा सम्प्रेषण गर्दै नियम विपरित कार्य गरेको, दोहामा एक महिनादेखि ग्राउण्डेड भएको जहाजको ईन्जिन तत्काल बनाउनुपर्ने निर्णय गर्नु पर्नेमा तीन जना बोर्ड सदस्यहरुले उक्त ईन्जिन मर्मत गर्ने विषयमा निर्णयको खलल पुग्नेगरी वक्तव्य जारी गरेको आरोप लगाइएको छ ।
यस्तै निगमलाई हाल सरकारी स्वामित्वयमै सञ्चालन गर्ने निर्णय गरिसकेको अवस्थामा ती बोर्ड सदस्यहरुले फेरी कम्पनीकरण/ नीजिकरण गर्नुपर्छ भन्दै सरकारको निर्णय र योजना विरुद्ध कार्य गरेको र चिनियाँ जहाजको प्रभावकारी ढंङले सञ्चालन गरी आन्तरिक उडानमा अन्य जहाज खरिद भई नआएसम्म सञ्चालन गर्नका लागि छलफल बढिरहेको अवस्थामा उक्त जहाजहरु संचालनमा ल्याउने विषयमा छलफल नै हुन सक्दैन भन्ने आरोप संयुक्त संघर्ष समितिको रहेको छ ।
निगमका कार्यकारी अध्यक्ष अधिकारी आफै संयोजक भएर निगमको सम्पत्ति मूल्यांकन कम गरेर कम्पनी मोडलमा लैजान सिफारिस गरेको प्रमाणसहित समचारहरु प्रकाशन भएको थियो । अध्यक्ष अधिकारीले कर्मचारीहरुलाई भने महाप्रबन्धक पौडेलले निगमको सम्पत्ती कडौकीको भाउँमा मूल्यांकन गरेको भन्दै कर्मचारीहरुलाई उचालेका थिए ।
निगमलाई कम्पनी मोडलमा लैजान प्रारम्भीक मस्यौदा तयार पारेको भन्दै २०७८ असार १८ गतेबाट कर्मचारीहरुले आन्दोलन गरेका थिए । तर,उनै कार्यकारी अध्यक्ष अधिकारी तत्कालीन अर्थ विभागका प्रमुख रहदा उनकै कमिटीले निगमको सम्पत्ति ५४ अर्ब १६ करोड रूपैयाँ मूल्यांकन गरेका थिए । निगमको ऋण ४५ अर्ब ९३ करोड रूपैयाँ रहेको प्रतिवेदन निगमका तत्कालिन कार्यकारी अध्यक्ष मदन खरेललाई बुझाएका थिए।
अध्यक्ष अधिकारीले आफुले बनाएका र ल्याएका योजनाहरु एक पछि अर्को गरि फेल हुँदै गएपछि त्यसको रिस सञ्चालक समितिलाई पोख्न लागेका छन् । नियुक्त भएको केहि सातापछिनै तीनै जना सञ्चालकहरुलाई हटाउने योजना अघि सारेका अधिकारीले अहिले कर्मचारीहरुलाई मोहोर बनाएको निगम श्रोतको दाबी छ ।
निगमका महाप्रबन्धक र सञ्चालक समितिले यसअघि गरेका निर्णयहरु उल्टाउने प्रयास असफल हुँदै गएको कारण पनि अध्यक्ष अधिकारीले सञ्चालकहरुलाई बर्खास्ती गर्ने र आफु अनुकुलका सदस्यहरुलाई ल्याउने तयारी भएको बताइएको छ ।
अध्यक्ष अधिकारीको प्रस्तावमा पर्यटन मन्त्री आलेसमेत सहमत भएकोले कर्मचारीहरुलाई उचालेर ज्ञापन पत्र बुझाउन लगाएको एक कर्मचारी युनियनका सदस्यले जानकारी दिए ।
कर्मचारी संघसंगठन भित्रै पनि अध्यक्ष अधिकारीको कार्यशैली प्रति प्रश्न उठिरहेको बेला मन्त्री आलेलाई ज्ञापनपत्र बुझाउन लगाउनु दुर्भाग्य भएको ती सदस्यको भनाई छ ।
हुन त मन्त्री आलेले कर्मचारीहरुसँगकै मिलेमतोमा कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरेका हुन् । त्यसैको गुण तिर्न कार्यकारी अध्यक्ष अधिकारीले पनि विभागिय प्रमुखहरुलाई खरिद प्रक्रिया खुला गरिदिएका छन् ।
निगम भित्र स्टक सामानहरु अत्याधिक भएको र खर्चलाई कटौती गर्न भन्दै यस अघि सञ्चालक समितिको निर्णयपछि मात्र खरिद प्रक्रिया अगाडी बढाउनु पर्ने प्राबधान ल्याएका थिए । यो प्राबधानबाट अधिकाशं विभागिय प्रमुखहरु महाप्रबन्धक पौडेल र सञ्चालक समिति प्रति असन्तुष्ट बनेका थिए ।
यो पनि स्वार्थअनुकूल निर्णय गर्न निगमका सञ्चालक निकालिँदै, मुख्य मस्याैदाकार ‘इन’
कार्यकारी अध्यक्ष अधिकारीलाई बोर्ड बैठक बसाउनै सकस, न्यारोबडी जहाजको इन्जिन मर्मत प्रभावित
एयरबसको इन्जिन फेर्न नयाँ टेन्डरः आले लेखासमितिमा हुँदा नगर्नु, पर्यटनमन्त्री हुँदा सहमति
एओजीमा टेकेर नेपाल एयरलाइन्सकाे न्यारोबडीको इन्जिन फेर्न चलखेल
निगमको जहाज तीन सातादेखि ग्राउन्डेड, अदालतमा मुद्दा विचाराधीन भएको भन्दै सञ्चालक पन्छिए
निगममा किचलो : गेटमा पुगेर फर्किए सञ्चालक, बैंठकको वातावरण नभएको भन्दै ‘नोट अफ डिसेन्ट’
महाप्रबन्धकले गरेको निर्णय उल्टाएर विभागीय प्रमुख खुसी बनाउँदै कार्यकारी अध्यक्ष अधिकारी
अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै वायुसेवा निगमले गर्यो टेण्डर, चिनियाँ कम्पनीलाई दिन ‘सेटिङ’ !