सार्वजनिक क्षेत्रको एयरलाइन एयर इन्डिया टाटा समूहलाई सुम्पिन अझै एक महिना लाग्ने भएको छ ।
प्रक्रिया पूरा नभएका कारण समय लम्बिएको हो ।
यो अधिग्रहण जनवरीसम्म पूरा हुन सक्ने अपेक्षा राखिएको छ ।
भारत सरकारले गत अक्टोबरमा टाटा सन्सको तर्फबाट लगाएको मूल्य स्वीकार्दै एयर इन्डियालाई अधिग्रहण गर्न अनुमति दिएको थियो ।
एयर इन्डियासँगै उसको सस्तो विमान सेवा एयर इन्डिया एक्सप्रेसको पनि शतप्रतिशत सेयर बिक्री गर्नेछ । साथै ग्राउन्ड ह्यान्डलिङ कम्पनी एआईएसएटीएसको ५० प्रतिशत सेयर (हिस्सा) टाटा समूहलाई दिनेछ ।
त्यति बेला सरकारको तर्फबाट अधिग्रहणसँग जोडिएको औपचारिकतालाई डिसेम्बर अन्त्यसम्म पूरा गर्ने भनिएको थियो । नियमानुसार, सुपुर्दगीसँग सम्बन्धित प्रक्रिया आठ हप्तामा पूरा हुनुपर्ने थियो । तर, दुवै पक्ष राजी भएर मात्रै यसलाई अघि बढाउन सक्नेछन् ।
यस विषयमा तारिख (दिन) पनि बढाउनेबारे कुरा भइरहेको छ ।
भारत सरकारले २५ अक्टोबर २०२१ मा १८ हजार करोड रुपैयाँमा एयर इन्डिया बिक्रीका लागि टाटा सन्ससँग खरिद सम्झौता गरेको थियो । टाटाले सम्झौताअनुसार २७ सय करोड नगद र बाँकी १५ हजार ३ सय करोड ऋण लिनेछ ।
अधिग्रहण प्रक्रिया सम्पन्न भएपछि सरकारले सम्झौताअनुसारको नगद राशि प्राप्त गर्नेछ ।
एयर इन्डिया सन् २००७/०८ मा इन्डियन एयरलाइन्ससँग विलय (मर्ज) भएपछि लगातार घाटामा चलिरहेको थियो ।
गत अगस्टसम्म उसमाथि ६१ हजार ५६३ करोड रुपैयाँ बक्यौता थियो ।
यी पनि पढ्नुहाेस्ः
एयर इन्डियालाई अपग्रेड गर्न १ अर्ब डलर लगानी थप्दै टाटा ग्रुप
टाटाले २ अर्ब ४० करोड डलरमा लियो एयर इन्डिया, रतनले भने-वेलकम ब्याक
भारत सरकारले बेच्यो एयर इन्डिया, ६८ वर्षपछि टाटा ग्रुपकै हातमा
आफैंले स्थापना गरेको एयर इन्डियाको स्वामित्व यसरी आफ्नो पक्षमा ल्याउँदै छन् रतन टाटा