रोयटर्स । भारतको ठूलो व्यावसायिक घराना टाटा सन्सले अन्तत भारतको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी एयर इन्डिया पाउने भएको छ ।
ब्लुमबर्गको रिपोर्टअनुसार भारतीय मन्त्रीहरुको एक प्यानलले एयर इन्डिया खरिद गर्ने टाटाको आशयपत्रलाई स्वीकार गरेको छ । यसको आधिकारिक घोषणा भने चाँडै आउने भएको छ ।
भारतको नागरिक उडड्यान मन्त्रालयका अनुसार टाटाले एयर इन्डियाका लागि सबैभन्दा ठूलो रकमको प्रस्ताव गरेको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सरकारले एयर इन्डियाको स्वामित्वलाई आगामी यहीँ डिसेम्बरसम्ममा टाटालाई हस्तान्तरण गर्ने योजना लिएको छ ।
राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाको उत्पत्ति र टाटाको सम्बन्धको इतिहास एकदमै लामो छ । टाटाका जाहांगिर रतनजी दादाभोय जेआरडी टाटाले दुई लाख भारुको पुँजीमा एयर इन्डियाको स्थापना गरेका थिए । सन् १९३२ मा उक्त कम्पनीको पहिलो उडानबाट उद्घाटन भएको थियो ।
तर १९५३ मा भारतका पहिलो प्रधानमन्त्री जवहारलाल नेहरुले एयर इन्डियालाई राष्ट्रियकरण गरिएको थियो । भारतका पहिलो प्रधानमन्त्री पण्डित जवहरलाल नेहरुले राष्ट्रियकरण गरेको ६८ वर्षपछि रतन टाटाले एयर इन्डियालाई पुनः स्वामित्वमा ल्याउन सफल भएका हुन् ।
एयर इन्डियाको हालसम्म कूल संचित नोक्सान ७०० अर्ब भारु भएको छ । यसको दैनिक घाटा २० करोड भारु रहेको रोयटर्सले जनाएको छ । यस्तै
स्रोतहरूका अनुसार एयर इन्डियाको आरक्षित मूल्य (रिजर्व प्राइस) १५ हजारदेखि २० हजार करोड भारु रहेको छ । टाटा ग्रुपसँगै उक्त बीडका अर्का प्रस्तावक अजय सिंह, स्पाइस जेटका मालिकले हाल गम्भीर आर्थिक संकटको सामना गरिरेका छन् ।
यसअघि सरकारले एयर इन्डियाको स्वामित्व खरिद गर्ने कम्पनीले उसको २३ हजार करोड भारु ऋणसमेत व्यहोर्नु पर्ने सर्त राखिएको थियो । तर, यसपटक सरकारले ऋणको बोझ हटाएको थियो । यसको अर्थ एयर इन्डियाको ऋणको बावजुद पनि बिडरले आफ्नै रकम प्रस्ताव गर्न सक्ने सुविधा थियो ।
आशयपत्रमा बिडरले कूल अफर भ्याल्युको १५ प्रतिशत र ऋणको ८५ प्रतिशत तिर्नुपर्ने मापदण्ड राखिएको थियो । तर, ८५ प्रतिशत अनिवार्य भने होइन । बिडर्सले एयर इन्डियाकोको सम्पत्ति सबै नगदमा तिर्न सक्थे । कम्पनीको ऋणभार बहन गर्ने बाध्यता छैन ।
टाटाले एयर इन्डियाको धेरैवटा विमानको फ्लिट साथै भारत र बाहिरी मुलुकमा यसको लोभलाग्दो एयरपोर्ट स्लट खरिद गर्ने योजना बनाएको छ । यो बीड जित्ने कम्पनी वा व्यक्तिले एयर इन्डियाको ४ हजार ४०० वटा डोमेस्टिक र १८०० वटा अन्तर्राष्ट्रिय ल्याण्डिङ तथा पार्किंङ स्लट पाउने छन् ।
यो पनि हेर्नुहोस
आफैंले स्थापना गरेको एयर इन्डियाको स्वामित्व यसरी आफ्नो पक्षमा ल्याउँदै छन् रतन टाटा