रोयटर्स । अन्तत राष्ट्रिय ध्वजावाहक एयर इन्डिया भारत सरकारको स्वामित्वबाट निजी कम्पनीको हातमा पुगेको छ । टाटा सन्सले २ अर्ब ४० करोड अमेरिकी डलरमा एयर इन्डिया पाएको छ ।
उसले सो रकम बोली लगाएको थियो । एयर इन्डिया वित्तीय संकटमा फसेपछि सरकारले निजी क्षेत्रलाई बिक्री गरेको हो । लामो समयदेखि वित्तीय संकट झेल्दै आएको एयर इन्डिया निजीकरण गरिएको सरकारले शुक्रबार स्पष्टपारेको छ ।
एयर इन्डियाको निजीकरण योजना सफल हुनु प्रधानमन्त्री नरेन्द्र मोदीको विजय भएको बताइएको छ । एयरको दैनिक नोक्सान ३० लाख डलर थियो । बोलीको रकममा टाटाले एयर इन्डियाको २.२ अर्ब डलरको कुल ऋण ८ अर्ब २० करोड डलर सकार्ने भएको छ । जसको परिणामस्वरुप सरकारको इक्विटी मूल्य ४० करोड डलर मात्र हुनेछ ।
कम्पनीले एयर इन्डियाको १०० प्रतिशत स्वामित्व प्राप्त गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन तथा लगानी विभागका सचिव तुहिन कान्त पाण्डेले जानकारी गराएका छन् । उनका अनुसार यो डिल सन् २०२१ भित्र सकिने छ । यसपछि एयर इन्डिया संस्थापक टाटा ग्रुपको हातमा जाने छ ।
टाटाले सन् १९३२ मा स्थापना गरेको एयर इन्डियालाई पण्डित जवहारलाल नेहरुले सन् १९५३ मा राष्ट्रियकरण गरेका थिए । राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाको उत्पत्ति र टाटाको सम्बन्धको इतिहास एकदमै लामो छ । टाटाका जाहांगिर रतनजी दादाभोय जेआरडी टाटाले २ लाख भारुको पुँजीमा एयर इन्डियाको स्थापना गरेका थिए । सन् १९३२ मा उक्त कम्पनीको पहिलो उडानबाट उद्घाटन भएको थियो ।
तर, १९५३ मा भारतका पहिलो प्रधानमन्त्री जवहारलाल नेहरुले एयर इन्डियालाई राष्ट्रियकरण गरिएको थियो । भारतका पहिलो प्रधानमन्त्री पण्डित जवहरलाल नेहरुले राष्ट्रियकरण गरेको ६८ वर्षपछि रतन टाटाले एयर इन्डियालाई पुनः स्वामित्वमा ल्याउन सफल भएका हुन ।
टाटाले अहिले सिङापूर एयरलाइन्सका साथै बजेट एयरलाइन्स एयर एसिया इन्डिया सञ्चालन गरिरहेको छ । एयर इन्डियाको स्वामित्व हस्तान्तरणपछि टाटा ग्रुपको भारतमा आन्तरिक उडान हिस्सा बढेर २७ प्रतिशत पुग्नेछ । टाटा सन्सका इमिरेट्स चेयरम्यान रतन टाटाले ट्वीट गर्दे एयर इन्डियाको प्रतिष्ठा जोगाउन महत्वपूर्ण प्रयास भएको बताएका छन् ।
एअर इन्डियाको स्वामित्व लिने सम्झौता भएको केही समयमै टाटा सन्सका अध्यक्ष रतन टाटाले उक्त कम्पनीका पूर्वअध्यक्ष जेआरडी टाटाले पृष्ठभूमिमा एअर इन्डियाको विमान पारेर धावनमार्गमा खिचाएको तस्बिर ट्विट गरेका थिए।
यसबाट टाटालाई वायुसेवा उद्योगमा ठूलो अवसर प्रदान गरेको उनले बताएका छन् । उनले ‘वेलकम व्याक एयर इन्डिया’ भनेका छन् । ‘एयर इन्डियाले भारतमा बेग्लै र आकर्षक पदचिन्ह पछ्याउने छ’ टाटा सन्सले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ‘उत्तर अमेरिका, युरोप र मध्यपूर्वका गरिने अन्तर्राष्ट्रिय उडानबाट दुईतिहाइ भन्दा बढी आम्दानी प्राप्त हुनेछ ।’
निजीकरणपछि ८ हजार पूर्णकालिन कर्मचारी प्राप्त गर्नेछ । एयर इन्डियासँग १२० वटा पुराना एयर बसका साथै केही नयाँ बोइङ विमानहरु छन् । एयर इन्डिया लगातार वित्तीय संकटमा फसेपछि मोदी सरकारले ४ वर्षदेखि खरिदकर्ता खोज्दै आएको थियो । विगतका वर्षहरुमा भारत सररकाले पटक पटक गरेर एयर इन्डियामा १५ अर्ब डलर लगानी गरिसकेको छ ।
सन् २०१८ मोदी सरकारले कम्पनीको ७६ प्रतिशत सेयर र घाटाको केही अंश बिक्री गर्ने प्रयास गरेको थियो। तर सम्भावित खरिदकर्ताहरूका लागि त्यसका सर्तहरूका कारण आकर्षित भएनन्।
एअर इन्डियामा यस्तो छ आकर्षण
१३० विमानबाहेक एअर इन्डियाका नयाँ मालिकले भारतभरिका विमानस्थलमा ४ हजार ४०० आन्तरिक र १ हजार ८०० अन्तर्राष्ट्रिय अवतरण र पार्किङ स्थल नियन्त्रण गर्नेछन्।
त्यस्तै भारत बाहिरका विमानस्थलमा ९०० त्यस्ता स्थल छन्। तीमध्ये लन्डनको हिथ्रो विमानस्थलको आकर्षक पार्किङ स्थलहरू पनि पर्छन्।
त्यसबाहेक एअर इन्डियाका करोडौँ अमेरिकी डलरका घरजग्गा छन्। गत वर्ष यसका अचल सम्पत्ति छ अर्ब अमेरिकी डलर बराबरमा थिए।वायुसेवासँग ४० हजार भन्दा बढी कलाकृतिहरू रहेका छन्। तीमध्ये केही निकै बहुमूल्य रहेका छन्।
भारतमा हवाई यात्रुको सङ्ख्या बर्सेनि २० प्रतिशतले बढिरहेको समयमा टाटा समूहका लागि एअर इन्डिया राम्रो लगानी हुनसक्ने विज्ञहरू बताउँछन्।
यो पनि हेर्नुहोस
भारत सरकारले बेच्यो एयर इन्डिया, ६८ वर्षपछि टाटा ग्रुपकै हातमा
आफैंले स्थापना गरेको एयर इन्डियाको स्वामित्व यसरी आफ्नो पक्षमा ल्याउँदै छन् रतन टाटा