काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्र (लाइसेन्स) पाएको छ । विद्युत विकास विभागले मंगलबार कम्पनीलाई आयोजनाको लाइसेन्स दिएको हो ।
तल्लो इन्द्रावती आयोजनाको लाइसेन्स पाएको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । आयोजनाको लाइसेन्स पाएकाले कम्पनीले सुनकोसी हाइड्रोपावर लिमिटेडमा गरेको लगानी रकममध्ये ६१ करोड ७२ लाख रुपैयाँ जोखिम वापतको व्यवस्था फिर्ता (राइट ब्याक) हुने छ ।
राइट ब्याक भएपछि कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशतसम्म बोनस सेयर दिने दिने छ । बोनस सेयर दिने प्रस्ताव आगामी साधारण सभामा पेश गर्न लागेको कम्पनीले जनाएको छ । एनएचपीसीले बढी रकम तिरेर प्रतिस्पर्धाबाट सो आयोजना पाएको हो । आयोजनाको लाइसेन्स लिन कम्पनीले ६ करोड २० लाख रुपैयाँ खर्चेको छ ।
आयोजनाको लाइसेन्स पाएकाले वार्षिक साधारणसभामा सेयरधनीलाई लाभांश दिने प्रस्ताव पेश गर्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।
कम्पनीले २० प्रतिशतसम्म लाभांश दिन विषयमा गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्ट पारेको छ । कम्पनीले तल्लो इन्द्रावती आयोजनामा लगानी गरेको थियो । सो आयोजनाको लाइसेन्स खारेज भएपछि सो बराबरको लगानी डुब्ने अवस्था आएपछि ‘प्रोभिजनिङ’ गरिएको हो ।
नेसनल हाइड्रोले तल्लो इन्द्रवतीमा लगानी छुट्टै कम्पनीमार्फत गरेको थियो । सुनकोसी हाइड्रोपावर कम्पनीको लाइसेन्स गएको कारणले यो प्रोभिजन नेसनल हाइड्रो पावरको किताबमा देखिएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी बढेर २ अर्ब नजिक पुग्दै छ । कम्पनीले १४ मेगावाटको इर्खुवाखोला आयोजना बनाइरहेको छ । तल्लो इन्द्रावतीको काम करिव आधा सकिएको छ ।
आयोजना बनाउन कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) र लगानी जुटाउन बाँकी छ । लाइसेन्स पाउनसाथ यी सबै प्रक्रिया पुरा गर्ने भनाई कम्पनीको छ ।
यो पनि हेर्नुहोस
एनएचपीसीले २० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा पेश गर्दै
एनएचपीसीको ६१ करोड ७२ लाख ‘राइट ब्याक’ हुँदै, २० प्रतिशत लाभांश दिनसक्ने
एनएचपीसीले पायो तल्लो इन्द्रावती, ६५ करोड ‘राइटब्याक’, सेयरधनीले पाउने भए लाभांश
तल्लो इन्द्रावतीमा नेसनल हाइड्रोपावर पहिलो नम्बरमा, पाउला त लाभांश बाँड्ने आयोजना ?
इन्द्रावतीको लाइसेन्स पाउनासाथ लाभांश बाँड्नेछौं-नेसनल हाइड्रोका कार्यकारी अध्यक्ष कुमार पाण्डे