काठमाडौं । संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगममा दोहोरो चरित्र देखाएका छन् ।
कर्मचारीहरु सँग मिलेर यस अघि भएका दुई जना संचालकहरु फुरगेल्जे शेर्पा र इश्वरी पौडेललाई निगमलाई कम्पनी मोडलमा लैजाने निर्णयको मूख्य निर्णयकर्ता भएको भन्दै बर्खास्ती गरेका मन्त्री आलेले कम्पनी मोडलमा लैजाने सिफारिसकर्ता सुधिर शम्सेर राईलाई भने भित्र्याएका छन् । स्वार्थअनुकूल निर्णय गर्न निगमका सञ्चालक निकालिँदै, मुख्य मस्याैदाकार ‘इन’
यस्तै महाप्रवन्धक एवंम सञ्चालक सदस्य डिमप्रकाश पौडेललाई पनि स्पष्टीकरण सोधिएको छ ।
बिहीबार बसेको मन्त्री परिषदको बैंठकले राई सहित एकिकृत समाजवादीका नेता प्रकाश ज्वालाका छोरा संगिन बिसिलाई नियुक्त गरेका हुन् ।
राजनीतिक रुपमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरी निकट मानिएका राई पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले निगम सुधारका लागि सुझाव दिन गठित कार्यदलका सदस्य हुन् । पूर्व पर्यटन सचिव सुशिल घिमिरेको संयोजकत्वयमा गठन भएको उक्त कार्यदलले निगमलाई तत्कालै कम्पनी मोडलमा लैजान सरकारलाई सुझाव दिएका थिए ।
घिमिरेको संयोजकत्वयमा गठित कार्यदलमा राई सहित हालका निगमका महाप्रवन्धक पौडेल,सुबोध कुमार कर्ण र सदस्य सचिवका रुपमा पर्यटन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने रहेका थिए ।
कार्यलदलले २०७६ असोज १ गते पूर्व पर्यटन मन्त्री भट्टराईलाई प्रतिवेदन बुझाउदै तत्कालै कम्पनी मोडलमा लैजान सुझाव दिएका थिए । त्यहि सुझावलाई आधार बनाएर पर्यटन मन्त्री भट्टराईले प्रक्रिया अगाडी बढाउनका कार्यदलका संयोजक घिमिरेलाई निगम संचालक समितिको अध्यक्ष र सदस्य ्पौडेललाई महाप्रबन्धक बनाएका थिए । तर,घिमिरे भने केहि समय मात्र अध्यक्षको रुपमा काम गरेर राजिनामा दिएका थिए ।
हालका महाप्रवन्धक एवंम सञ्चालक समितिका सदस्य समेत रहेका पौडेलले सोही कार्यदलको सुझावलाई कार्यन्वयन गर्नका लागि प्रारम्भीक मस्यौदा तयार गरेका थिए । कम्पनी मोडलको प्रस्तावः पहिलो गाँसमै ढुंगा, प्रयासकर्ता महाप्रबन्धक कर्मचारीबाटै बन्धक
त्यहाँ पनि मस्यौदा निर्माणको जिम्मा पाएका संयोजक किशोर प्रधानलाई भने हटाइएको छैनन् । निगमलाई कम्पनी मोडलमा लैजाने निर्णयकर्तालाई मन्त्री आलेले हटाए, मस्यौदाकार प्रधानलाई अटाए
शेर्पा र पौडेल कम्पनी मोडलमा लैजाने निर्णयकर्ता भएपनि मस्यौदाकार समितिका सदस्यहरु मात्र थिए । तर, तीनै निर्णयकर्ताहरुलाई हटाएर मूख्य सिफारिसकर्तालाई निगम भित्र भित्र्याउनु रहस्य भएको निगमका एक पूर्व अध्यक्षको भनाई छ ।
‘मन्त्री ज्यूको निर्णयमानै नियत देखिएको छ, ती अध्यक्षले भने, कर्मचारीहरुलाई ढाल बनाएर आफ्नो स्वार्थपूर्ति गरेको देखिन्छ‘ । निगमका कर्मचारीहरुले भने कम्पनी मोडलमा लैजाने निर्णयकर्ताहरु सबैलाइृ सञ्चालक समितिको सदस्यबाट हटाउनु पर्ने माग राख्दै लामो समयसम्म आन्दोलन गरेका थिए ।
पछि पर्यटन मन्त्री आले आएपछि कर्मचारीहरुसँग निगमलाई कम्पनी मोडलमा लैजाने प्रस्ताव खारेज गर्नेदेखि निर्णयकर्ताहरु सबैलाई बर्खास्ती गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर,अहिले निगमलाई कम्पनी मोडलमा लैजानु पर्ने, आन्तरिक र बाह्य उडान गर्नका लागि निगम भित्र दुइृ वटा संस्था बनाउनु पर्ने सुझाव दिने राईलाई नै नियुक्ती दिएपछि विवाद सुरु भएको छ । राई निगमका पूर्व क्याप्टेन समेत हुन् ।