काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने निर्णय गरी प्रारम्भिक मस्यौदा बनाउने दुई जना सञ्चालकलाई बर्खास्त गरिएको छ ।
कर्मचारी ट्रेड युनियनको दबाबबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफू निकटलाई सदस्य बनाउन सञ्चालकहरु फुरगेल्जे शेर्पा र ईश्वरी पौडेललाई हटाएका हुन् ।
तर, निगमलाई कम्पनी मोडलमा लैजान आवश्यक मस्यौदाको संयोजक किशोर प्रधानलाई भने हटाएका छैनन् । सञ्चालक समितिको बैठकले प्रधानको संयोजकत्वमा शेर्पा र पौडेल सदस्य रहने गरी मस्यौदा बनाउन उपसमिति गठन गरेको थियो ।
सोही उपसमितिले प्रारम्भिक मस्यौदा बनाएर २०७८ असारमा पर्यटन मन्त्रालयमा राय सुझावका लागि पठाएको थियो ।
मन्त्रालयमा राय सुझाव माग्न पठाएसँगै निगमका कर्मचारीहरु आन्दोलित बनेका थिए ।
स्वार्थअनुकूल निर्णय गर्न निगमका सञ्चालक निकालिँदै, मुख्य मस्याैदाकार ‘इन’
लामो समयसम्म चलेको कर्मचारीको आन्दोलनका कारण निगमका महाप्रबन्धक एवं सञ्चालक समितिका सदस्य डिमप्रकाश पौडेलसहितका सञ्चालकहरुलाई कार्यालयमा प्रवेशमा रोकसमेत लगाएका थिए ।
कम्पनी मोडलको प्रस्तावः पहिलो गाँसमै ढुंगा, प्रयासकर्ता महाप्रबन्धक कर्मचारीबाटै बन्धक
पर्यटनमन्त्रीको रुपमा आले आएसँगै कर्मचारीसँग महाप्रबन्धकसहित सञ्चालकलाई हटाउने प्रतिबद्धता जनाएका थिए । कर्मचारीकै मिलेमतोमा मन्त्री आलेले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेका थिए ।
आन्दोलनमा उत्रिएका निगमका ट्रेड युनियनले खोजेको कार्यकारी प्रमुख यस्तै हुन त ?
अध्यक्ष अधिकारीले पनि सुरुदेखि नै दुई जना सञ्चालकसहित महाप्रबन्धकलाई हटाउन खोजिरहेका थिए । उनले पटकपटक सञ्चालक समितिको बैठक आव्हान गरे पनि सञ्चालक समितिका सदस्यलाई भने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका थिए ।
महाप्रबन्धक पौडेलसहित दुई जना सदस्यले भने सञ्चालक समितिको बैठकमा कर्मचारीको आन्दोलनका कारण प्रत्यक्ष उपस्थित हुन नसकेको भन्दै इमेलमार्फत जानकारी गराउँदै आएका थिए ।
सञ्चालक समितिका सदस्यहरुबीच समस्या समाधानका लागि कार्यकारी अध्यक्ष अधिकारीले कुनै पहल नगरेको आरोप लगाउँदै आएका छन् । यसैबीच निगमलाई कम्पनी मोडलमा लैजाने निर्णय गरी आवश्यक मस्यौदा बनाउने प्रधानलाई भने नहटाएको भन्दै कर्मचारी युनियनबीच विवाद सुरु भएको छ ।
भ्रष्टाचारकाे सुनियोजित अखडाः नेपाल वायुसेवा निगम
पछिल्लो समय मन्त्री र कार्यकारी अध्यक्ष अधिकारीले आफूखुसी रुपमा सञ्चालक समिति हेरफेर गर्न लागेको भन्दै विरोध जनाउँदै आएका छन् ।
पर्यटनमन्त्री र अध्यक्षबीचको ‘ट्युनिङले’ वायुसेवा निगमले उचाइ पाउला कि दुर्घटना निम्त्याउला ?
कर्मचारी युनियनका एक वरिष्ठ नेताले क्यापिटलसँग कुरा गर्दै मुख्य मस्यौदाकारलाई च्यापेर अन्य दुुई जनालाई मात्र हटाउने निर्णय षडयन्त्रमूलक भएको बताएका छन् । ‘युनियनभित्र पनि यो निर्णयको विरोध सुरु भएको छ’, ती नेताले भने, कसैलाई काखा र पाखा गर्न मिल्दैन । मस्यौदाकार प्रधानलाई पनि हटाउनुपर्छ ।’
महाप्रवन्धक पौडेललाई पनि हटाउने तयारी
यसैबीच पर्यटनमन्त्री आलेले महाप्रबन्धक एवं सञ्चालक समितिका सदस्य पौडेललाई पनि हटाउने तयारी थालेका छन् । मन्त्रिपरिषद्ले नै निर्णय गरेर नियुक्त भएका पौडेललाई मन्त्रिपरिषद्कै निर्णयबाट हटाउने गरी तयारी थालेका हुन् । त्यसका लागि मन्त्रालयले यसअघि नै स्पष्टीकरण सोधिसकेको छ ।
निगमलाई असहयोग किन गरेको भन्ने लगायतका विषयमा उनलाई स्पष्टीकरण सोधिएको थियो ।
मन्त्रालयका एक सहसचिवका अनुसार सम्भवत भोलि (बिहीबार) को मन्त्रिपरिषद्मा महाप्रबन्धक पौडेललाई हटाउने प्रस्ताव जान सक्ने बताए । त्यससँगै रिक्त रहने तीन जना सञ्चालकलाई पनि नियुक्तिका लागि निर्णय हुन सक्ने बताइएको छ ।