काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको आईएफआईसी बैंकको ४१.९१ प्रतिशत सेयर विनोद चौधरीले श्रीमती सारिका चौधरीको नाममा किन्ने डिल गरेका छन् । उनले एनबीमा आईएफआईसीको स्वामित्वमा रहेको ४ करोड २२ लाख ६७ हजार ९११ कित्ता सेयर ६ अर्ब ६३ करोड ६० लाख रुपैयाँमा डिल भएकाे खुलेको हो ।
केही समयअघि दुगड समूहलाई आईएफआईसी बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले सेयर बेच्न तयार भएको थियो । तर, बंगलादेशीले यदि नेपाल राष्ट्र बैंकले दुगड समूहलाई सेयर बेच्न अनुमति दिएको अवस्थामा मात्रै सेयर बेच्न सहमति गरेको थियो ।
तर, केन्द्रीय बैंकले दुगड समूहलाई सेयर किन्न रोक लगाएपछि आईएफआईसीले विनोद चौधरीलाई १५७ रुपैयाँका दरले ४ करोड २२ लाख ६७ हजार ९११ कित्ता सेयर बेचेको स्रोतले बताएको छ ।
सुरुमा आईएफआईसीले एनबी बैंकमा रहेको सेयर प्रतिकित्ता १५० रुपैयाँमा चौधरीलाई बेच्न तयार थियो । पछि दुगड समूहले १५७ रुपैयाँमा सेयर किन्न इच्छा देखाएपछि चौधरी अप्ठयारोमा परेका थिए ।
बंगलादेशीले दुगड नै १५७ रुपैयाँमा सेयर किन्न तयार भइरहेका बेला सस्तोमा चौधरीलाई सेयर नदिने अडान राखेपछि दुगडले दिएकै मूल्य दिएर श्रीमती सारिकाको नाममा सेयर किनेको खुलेको हो । तर, उक्त सेयर कसरी र कहाँबाट किनबेच गरियो भन्ने खुलाइएको छैन ।
केही दिनअघि बसेको नेपाल बंगलादेश बैंकको सञ्चालक समितिको बैठकमा बंगलादेशतर्फका सञ्चालक तथा अध्यक्षले नेपाली सञ्चालकलाई अनौपचारिक रुपमा आईएफआईसी र चौधरीबीच सेयर किन्ने विषय टुङ्गिएको जानकारी गराएको थियो ।
सञ्चालक समितिको औपचारिक बैठक सकिएपछि बंगलादेशीले नेपाली सञ्चालकलाई चौधरीसँगको सम्पूर्ण प्रक्रिया टुंगिएको र अब बस्ने बोर्ड बैठकमा समझदारीपत्र (एमओयू) का लागि आउने अनौपचारिक रुपमा जानकारी गराएको थियो । एनबीलाई नबिल बैंकमा मर्ज गर्ने सर्तमा केन्द्रीय बैंकले चौधरीलाई सेयर खरिद गर्न अनुमति दिएको हो ।
यो पनि हेर्नुहोस
नबिल–एनबी बैंक मर्जः बिहीबारसम्म सम्पूर्ण प्रक्रिया टुंग्याइँदै
आईएफआईसी र चौधरीबीच सेयर खरिदबिक्री सम्झौता, नबिलले बंगलादेश बैंकलाई मर्ज गर्ने सर्त
बंगलादेशको आईएफआईसीको सर्तः नबिल बैंकसँग मर्ज भए एनबीको सेयर नबेच्ने
बंगलादेशको आईएफआईसी बैंक एनबी बैंकबाट बाहिरिने, सबै ३ करोड ६८ लाख कित्ता सेयर बिक्रीमा
मर्जरमा केन्द्रीय बैंक आक्रामक हुने संकेत, इन्भेस्टमेन्ट–हिमालयनलाई कस्यो लगाम