काठमाडौं । बंगलादेशको आईएफआईसी बैंक नेपालबाट बाहिरिने भएको छ । आईएफआईसीले नेपाल बंगलादेश बैक (एनबी) मा रहेको आफ्नो संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।
आईएफआईसीको एनबीमा ४० प्रतिशत स्वामित्व रहेको छ । एनबी बैंकलाई एकआपसमा गाभिन (मर्ज) मा जान दबाब परेपछि बंगदादेशी बैंकले सेयर बिक्री गरेर फिर्ता हुन लागेको हो ।संस्थापक सेयरको न्यूनतम मूल्य भने खुलाइएको छैन ।
बैंकले एनबीमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गर्न सार्वजनिक सुचनासमेत प्रकाशित गरेको छ । पछिल्लो समय कमजोर देखिएको एनबी बैंक नबिल बैंकसंग् मर्ज हुन लागेको हल्ला चलेको थियो ।
नबिलले एनबीसंग मर्जमा जान तयार रहेको छ । बैंकको सोमबार बसेको ३७१ औं सञ्चालक समिति बैठकले आईएफआईसीले संस्थापक सेयर बिक्रीका लागि दिएको निवेदनलाई स्वीकृत गरेको थियो ।
प्रतिक्रिया