ई–सेभन स्टार डटकमले नेपालसहित विश्वका जुनसुकै देशबाट जहाँको पनि हवाई टिकट र त्यससँग सम्बन्धित सेवा दिँदै आएको छ। अनलाइन टिकट बुकिङ प्लेटफर्म ई–सेभेन स्टार डटकमले हवाई यात्रा ग्यारेन्टी गर्ने दाबी कम्पनीका कार्यकारी निर्देशक विष्णु कँडेल गर्छन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातक र डेनमार्कमा मल्टिमिडिया डिजाइन एन्ड कम्युनिकेसनको पढाइ सकाएर नेपाल फर्किएका कँडेलले मामा शिव शर्मा बाँस्तोलासँग मिलेर ई–सेभेन स्टार डटकम सञ्चालनमा ल्याएका हुन्। गत असारबाट सेवा थालेको ई–सेभेन स्टार डटकम सुरु गर्नुको उद्देश्य, सेवासुविधा र भविष्यको योजनाबारे कार्यकारी निर्देशक कँडेललाई क्यापिटल नेपालका शर्मिला न्यौपानेले सोधेका ५ प्रश्न
पर्यटनका अन्य क्षेत्रमा काम गर्दै आएका बेला अनलाइन अर्थात् ई–सेभेन स्टार सञ्चालन गर्ने सोच कसरी आयो ?
१० वर्षदेखि बिजनेस टू बिजनेस (बिटूबी) र बिजनेस टू क्लाइन्ट (बिटूसी) दुवै मोडलमा सेभेन स्टार ट्राभल चलाइरहेका छौं। बढ्दो डिजिटलाइजेसनसँगै हामीले अनलाइन टिकेटिङा व्यावसायिकता पनि देख्यौं। आधुनिक रुपमा व्यवसाय अघि बढाउनुपर्छ भन्ने मान्यताअनुसार असारबाट अनलाइन सेवा लन्च गरेका हौं। हामीसँग नेपालको पर्यटन क्षेत्रमा १० वर्षदेखिको अनुभवको प्रतिफलस्वरुप ई–सेभेन स्टार डटकम सञ्चालनमा ल्याएका हौं। अनलाइन सेवामा गएसँगै ग्राहक झनै बढेका छन्। पहिला हामीले प्रत्येक कुरा जाँच गर्दै काम गर्नुपथ्र्यो भने अहिले ‘अटोमेटिक सिस्टम’ बसेको छ।
ग्राहकले विश्वको जुनसुकै कुनाबाट ई–सेभेन स्टार डटकममा गएर उडान खोज्न, प्रतिस्पर्धी कम्पनीको भाडादर बुझ्न र आफ्नो आवश्यकताअनुसार टिकट बुक गर्न सक्छन्। आवश्यकता परे २४ घन्टै खुला रहने ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न पनि सकिन्छ। त्यति मात्रै होइन, सुरुआती चरणमा हामीले ग्राहकलाई सम्पर्क गरेर बुकिङ भेरिफाइ (पुनःपरीक्षण) गर्दै आएका छौं। त्यसैले एक पटक ई–सेभेन स्टारबाट सेवा लिएका ग्राहक दोहोर्याएर आइरहेका छन्।
हवाई टिकेट काट्ने धेरै अनलाइन प्लेटफर्म छन्। ग्राहकले सेभेन स्टार नै किन रोज्ने?
हो, ट्राभल एजेन्सी धेरै छन्। तर, हाम्रो उद्देश्य टिकेट बेच्ने मात्र नभई ग्राहक आवश्यकताअनुसारको उडान निर्धारण गर्दै यात्रालाई सजिलो एवं अविस्मरणीय बनाउने हो। वैदेशिक अध्ययन, भिजिटदेखि श्रम गर्न जाने सबैको टिकट बुक गर्छौं। ग्राहकको बजेटअनुसार हवाई यात्रा तय गर्छौं। टिकटसँगै आवश्यक पर्ने अन्य चीज पनि बुक गरिदिन्छौं। नेपालको पासपोर्ट विश्वमा एकदमै कमजोरमध्येमा पर्छ। विभिन्न देशको यात्रा नियमले नेपालीलाई पासपोर्टका कारण समस्या हुन्छ। सबै ठाउँमा ट्रान्जिट लिन सकिँदैन। कतिपय देशमा सीमित घन्टा मात्रै ट्रान्जिट लिन पाइन्छ। विदेशी पोर्टलबाट टिकट काट्दा नेपालीका बोर्डिङ पास रद्द भएका घटना धेरै छन्।
ई–सेभेन स्टार डटकम सञ्चालन गर्नु पहिला हामीलाई ठूलो चुनौती पनि यही थियो। हाम्रो पोर्टलबाट टिकेट काट्नेहरुले अध्यागमन नियमका कारण ट्रान्जिट लिन नपाएर, एयरलायन्स फरक परेर डिनाई (फर्किनु) हुनुपर्छ कि भन्ने समस्या थियो। तर, हामीले त्यसलाई समाधान गरेका छौं। ई–सेभेन स्टारबाट टिकट काट्दा नेपाली पासपोर्ट भएका कसैले पनि बोर्डिङ रद्द भएर दुःख पाउनुपर्दैन। त्यसैले पनि ग्राहकको रोजाइमा ई–सेभेन स्टार परेको छ। यसलाई प्रयोग गर्न धेरै सहज छ। पैसा तिर्ने धेरै माध्यम कनेक्ट आइपिएस, बैंक वालेट छन्। ग्राहक सेवा केन्द्र २४सै घन्टा खुला हुने भएकाले टिकट परिवर्तन, अन्य सेवा थपघट गर्न सकिछ।
कुन–कुन देशका लागि टिकट काट्नुहुन्छ? विदेश बस्ने नेपालीले कसरी ई–सेभेन स्टारबाट सेवा लिन सक्छन् ?
हामी विश्वको जुनसुकै देश आउजाउ टिकट काट्न सक्षम छौं। नेपालबाट विद्यार्थी भिसामा जानेलाई विशेष छुट व्यवस्था छ। जापान, अष्ट्रेलिया, क्यानडा, बेलायतलगायत युरोपका विभिन्न देश, कोरियामा विद्यार्थी भिसामा जानेलाई टिकटमा विशेष छुट र थप ब्यागेज लैजान सहजीकरण गर्न सक्छौं। श्रमिक भिसामा जानेहरुलाई पनि थप ब्यागमा सहजीकरण वा छुट व्यवस्था छ। जस्तै, कोरियाबाट नेपाल आउनेलाई थप एउटा ब्याग ल्याउन विभिन्न एयरलायन्ससँग सहकार्य गरेका छौं। विश्वको जुनसुकै कुनाबाट नेपाल आउने टिकट काट्न सक्छौं। त्यसबाहेक जापानबाट क्यानडा, अष्टे«लियाबाट क्यानडा अर्थात् नेपाल बाहिरका अन्य मुलुकमा यात्रा गर्दा पनि टिकट काट्दै आएका छौं।
कम्पनीको कार्यक्षेत्र विस्तार गर्ने भविष्यको योजना के छ?
कोरोनाअघि सम्झिने हो भने हवाई टिकट काट्न नगद पैसा बोकेरै एजेन्सीमा जाने चलन थियो। एजेन्सीका कार्यालयमा पनि ग्राहकको भीड हुन्थ्यो। त्यो अवस्था रहिरहेको भए हामीले पनि नेपालभित्रै अर्को शाखा विस्तार गर्नुपथ्र्यो होला। तर, कोरोना संक्रमण फैलिएर पैसाको कारोबार डिजिटल भएपछि धेरै कुरामा फरक परेको छ। यसले गर्दा अहिलेलाई नेपालभित्र ई–सेभेन स्टारको अर्को शाखा खोल्नुपर्छ भन्ने पक्षमा नभए पनि आवश्यक परे सोच्न सकिन्छ। विदेशमा भने शाखा कार्यालय खोल्दै जानेछौं। अहिले हाम्रो सम्पर्क कार्यालय जापानको टोकियोमा छ। त्यहाँबाट पनि धेरैले सेवा लिएका छन् भने यो आवभित्रै छिमेकी भारतमा सम्पर्क कार्यालय खोल्छौंं। त्यहाँका पर्यटकलाई नेपाल ल्याउनु हाम्रो मुख्य लक्ष्य हो। त्यसबाहेक नेपाली बाहुल्य भएका अन्य देशमा आवश्यकताअनुसार कार्यालय स्थापना हुँदै जान्छन्।
अहिले बिटूसीमा ई–सेभेन स्टार सञ्चालनमा छ। तर, निकट भविष्यमै बिटूबी पोर्टल ल्याउँछौं। दुबई, कतार, ओमन, जापान, कोरिया, अष्ट्रेलियालगायत देशमा बस्ने नेपालीले ट्राभल एजेन्सी खोल्ने योजना बनाएको भए ई–सेभेन स्टार डटकमको बिटूबी पोर्टलमा जोडिएर सस्तोमा सेवा पाउन सक्छन्। ट्राभल एजेन्सीलाई सेवा दिन्छौं। लन्च भएपछि बिटूबी पोर्टल लगइन गरेर एयरलाइन्सले दिने रेट वा त्यसमा भएका श्रम, विद्यर्थी, पर्यटन भिसाका सुविधा हेर्न सकिन्छ। त्यसबाट ट्राभल एजेन्सीले आफ्ना ग्राहकलाई टिकेट बेच्न सक्छन्। समग्रमा ई–सेभेन स्टार डटकमलाई थप परिस्कृत बनाएर सेवा– सुविधा प्रभावकारी बनाउने योजना हो।
ई–सेभेन स्टारले विदेशमा बस्ने नेपालीलाई पनि सेवा दिँदै आएको छ। त्यसबाट नेपालले कसरी फाइदा पाउँछ ?
टिकटको पैसा तिर्न धेरै एपमा ई–सेभेन स्टार डटकमले पहुँच पुर्याएको छ। भिसा कार्डबाट पनि पैसा तिर्न मिल्छ। त्यसरी तिरेको पैसा नेपालकै खातामा जम्मा हुन्छ। यसले गर्दा विदेशमा रहेका नेपालीले विश्वको जुनसुकै कुनामा यात्रा गर्ने टिकट काट्दा त्यो पैसा नेपालमा आउँछ। हामी नेपाल सरकारको नियमअनुसार चलेको संस्था हो। त्यस आधारमा हामीले तिर्ने कर सरकारलाई जान्छ। विदेशमा रहने नेपालीले त्यहाँ कतै हवाई यात्रा गर्दा ई–सेभेन स्टार डटकमबाट टिकट काट्दा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा नेपालको आर्थिक क्षेत्रमा योगदान पुग्छ।
विदेशी पोर्टलबाट टिकेट काट्दा ग्राहकले सस्तोमा सेवा पाउँछन्। तर, त्यस्तो अवस्थामा बोर्डिङ पास रद्द भएको घटना धेरै छन्। दुई बेग्लाबेग्लै एयर कम्पनी भएको अवस्थामा आफ्नो सामान लिन बाहिर निस्किदा त्यहाँ भिसा रिक्वायर्ड हुन्छ। साथै, बोर्डिङ पास रद्द भएर ग्राहकको पैसा खेर जान्छ। त्यसकारण नेपाली पासपोर्टधारीले विश्वमा जहाँबाट जताको यात्रा गर्दा पनि बोर्डिङ पास रद्द नहोस् भनेर सहज यात्रालाई साथ दिन ई–सेभेन स्टारले सेवा दिँदै आएको छ।