पर्यटन क्षेत्र रोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा आर्जन गराउने र खर्च गराउने तीनवटा पक्षसँग सम्बन्धित छ । जब पर्यटकीय चहलपहल बढ्छ त्यसबाट सबै क्षेत्र लाभान्वित हुन्छन् । त्यसैले पर्यटनलाई राजस्वमुखी बनाउनु हुँदैन । पर्यटन लाई राजस्वमुखी बनाउँदा विदेशी मुद्रा आर्जनमा कमी आउँछ ।
अर्थतन्त्रका प्रमुख सूचकहरू नफेरिएको, बजेट आउने दिन नजिकिँदै गएको, अर्थमन्त्री र गभर्नरबीचको द्वन्द्व कायमै रहेकाले बजार थप संकटोन्मुख हुने संकेत गर्छ । सरकारले मंगलबारका लागि बजेट अधिवेशन आह्वान गरेको छ ।