काठमाडौं। कमलादिस्थित ‘स्काईवाक टावर’मा विभिन्न कार्यक्रम गरी दसौं राष्ट्रिय योग दिवस मनाइएको छ।
स्काईवाक, अष्टांगयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको २५६ फिटमाथिको स्काईवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको स्काईवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार साहसिक योगाभ्यासको विकास गर्ने उद्देश्यले ‘स्काईवाक टावर’मा योग दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा अष्टांगयोग, कीर्तिपुर योग समाज, तारकेश्वर योग केन्द्र, अनामनगर महिला योग समाज तथा योग भूमिका करिब १५० जनाको सहभागिता रहेको स्काईवाकका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले बताए।
‘दसौं राष्ट्रिय योग दिवस अवसरमा स्काईवाकमा योगाभ्यास गरेका छौं। अब प्रत्येक सातामा स्काईवाकमा योगाभ्यासलाई निरन्तरता दिइनेछ’, उनले भने। योग शिक्षालाई सबै तहमा अझ फराकिलो बनाउँदै नागरिकलाई स्वस्थ बनाउने विषयलाई आफूहरुले प्राथमिकतामा राखेको ज्ञवालीले बताए।
यस्ता कार्यक्रमले योगका आयामलाई सन्तुलित राख्दै जीवनपद्धतिका रूपमा विकसित गर्ने विश्व शान्ति ध्यान केन्द्रका योगगुरु स्वामी कल्याणले विश्वास व्यक्त गरे।
आजको योगाभ्यासका क्रममा सय पटक आठ सूर्य नमस्कार गरिएको थियो। योगाभ्यास बिहान ६ देखि ९ बजेसम्म चलेको थियो।
-1736852020.jpg)
-1736852019.jpg)
-1736852019.jpg)
-1736852018.jpg)
-1736852017.jpg)
-1736852016.jpg)
-1736852016.jpg)
-1736852016.jpg)