आजदेखि अंग्रेजी नयाँ वर्ष ईस्वी संवत् २०२५ सुरु भएको छ। हुन त, नेपालमा इस्वी संवत् क्यालेन्डर प्रचलनमा छैन। नेपालकाे नयाँ वैशाख १ मा मनाइने गरेकाे छ। सन् २०२४ काे साढे ७ महिना नेपालका लागि अरु वर्षझैं सामान्य भने रहन सकेन। सामाजिक, राजनीतिक, आर्थिकलगायत क्षेत्रका अनुभव छाडेर बिदा भएको छ, सन् २०२४। यो वर्ष देशले बाढीपहिरोका कारण भौतिक तथा मानवीय क्षति भोग्नुप¥यो। काठमाडौं उपत्यकाका साथै देशैभरि ठूलो जनधनको क्षति भयो।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा असार २८ गते गएको पहिरोमा परी त्रिशूली नदीमा २ वटा बस बेपत्ता भएका २ बस अहिलेसम्म भेटिएका छैनन्।
साउन ९ गते त्रिभुवन विमानस्थलमा नजिकै साैर्य एयर विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो। साउन २४ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो। असोज ११ गते धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ३५ जनाको मृत्यु भएको थियो।
खेल क्षेत्रले यस वर्ष देशलाई विश्वसामु चिनायाे। पेरिस पाराओलम्पिक २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले दिलाइन्। यस्तै, कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३० औँ पटक आरोहण गर्दै नयाँ रेकर्ड कायम गरे।
नेपाली महिलातर्फ सानो उमेरमा पहिलो पटक ८००० मिटरमाथिका सबै १४ हिमाल आरोहण गरेकी दाबा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पा, १८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाए। कीर्तिमानी आरोही निर्मल पुर्जा र मिंग्माजी शेर्पाले बिनाअक्सिजन विश्वका १४ वटा हिमाल आरोहण गरेर यही वर्ष नयाँ कीर्तिमान बनाए। उनीहरुले ८ हजार मिटरभन्दा अग्ला १३ वटा हिमालको यसअघि नै बिनाअक्सिजन आरोहण गरिसकेका थिए । शिशापांग्मा १४औं हिमाल हो। पुर्जाले यसअघि नै संसारका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४९ पटक आरोहण गरिसकेका छन्।
फोटो पत्रकार पुर्णिमा श्रेष्ठले यस वर्षको वसन्त ऋतुमा तीन पटक सगरमाथा आरोहण गरेर एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्वको पहिलो महिला आरोहीको कीर्तिमान बनाएकी छन्। उनले गत मे १२, १९ र २५ तारिखमा लगातार सगरमाथा आरोहण गरेकी थिइन्। श्रेष्ठ धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुन्।
नेपालमा पहिलो पटक नेपाली प्रिमियर लिग (एनपीएल) आयोजना गरियो। मंसिर १५ मा आयोजना गरिएकाे खेलले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा पायाे।
यस वर्ष मुलुकमा साढे ६ अर्ब स्वदेशी तथा विदेशी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो लगानी सम्मेलन सम्पन्न भयो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरूङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भयो भयो भने असोज ३ गते सर्वसाधारणका लागि धरहरा खुला गरियो।
गत जेठ ८ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परे। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो। कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परे भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि प्रहरीले पक्राउ गर्यो।
समुद्री सतहभन्दा ३ हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा माघ ९ गते मोरङको उर्लाबारी नगरपालिकामा भेटियो। हिउँ चितुवा फेला परेको उर्लाबारी नगरपालिका वडा नं. १ चारघरे क्षेत्र समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा छ।
मंसिर २१ मा भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकले नेपाल भ्रमण गरे । वैशाख ११ गते कतारका अमिर (राजा) तमिम विन हमाद अल थानीले नेपालको २ दिने औपचारिक भ्रमण गरे भने वैशाख २३ जापानकी विदेशमन्त्री कामिकावा योकोको नेपाल भ्रमण गरिन्।
नेपाली राजनीतिमा यो वर्ष नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनपछि केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएसँगै असार ३१ गते पद तथा गोपनीयताको शपथ लिए। यसै वर्ष मंसिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन सम्पन्न भयो।





























तस्बिरः नेपाल फोटो लाइब्रेरी