सिकार आरक्षको रुपमा चिनिएको ढोरपाटन अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। विदेशी सिकारीको मात्र पहुँच रहेको यस क्षेत्रमा पछिल्लो समय प्रचारप्रसार बढेसँगै आन्तरिक पर्यटन फस्टाउन थालेको हो।
स्थानीय हिमालय वाइल्डलाइफ आउटफिटर सञ्चालक दीपक थापाका अनुसार ढोरपाटन सिकार आरक्षमात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य हो। यहाँ रहेको उत्तरगंगा बराहक्षेत्र मन्दिरले धार्मिक पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।
गण्डकी प्रदेशको बाग्लुङ, म्याग्दी र लुम्बिनी प्रदेशको पूर्वी रुकुममा फैलिएको यस क्षेत्रमा वर्षायाममा विभिन्न रंगीचंगी फूल फुल्ने, हिउँदमा हिउँ खेल्न पाइने र वसन्त ऋतुमा लालीगुराँस र चिमल फुल्ने गर्छ। २०४४ मा स्थापित यो नेपालको एक मात्र सिकार आरक्ष हो, जसको क्षेत्रफल १३२५ वर्ग किलोमिटर रहेको छ।
पर्यटन पूर्वाधारको विकास हुँदै गएको यस क्षेत्रमा साना होटल, सामुदायिक होटल र होमस्टे सुविधा उपलब्ध छ। एक पटकमा करिब ६०० जनासम्म पर्यटक बस्न सक्ने क्षमता भएका यी सुविधामा तिब्बती शरणार्थीले सञ्चालन गरेका होटलमा विशेष तिब्बती परिकार र भोटे चियाको स्वाद लिन सकिन्छ।
यहाँ निसेलढोर, छ्यान्तुङ, गुर्जाघाट र जलजला लगायतका स्थानमा पदयात्रा गर्न सकिन्छ। आरक्षमा १६४ प्रजातिका चराचुरुंगी र नाउर, झारल, घोरल, रेड पान्डा, हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तु पाइन्छन्।
बुर्तिबाङबाट कच्ची सडक मार्ग हुँदै करिब ३–४ घन्टाको यात्रापछि देउरालीसम्म पुग्न सकिन्छ, जहाँबाट ठूलो पाटनको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटन विकासका लागि पूर्वाधार विकास र प्रचारप्रसारमा राज्यको ध्यान जान आवश्यक रहेको स्थानीयको भनाइ छ।
-1730783668.jpg)
-1730783668.jpg)
-1730783667.jpg)
-1730783667.jpg)
-1730783666.jpg)
-1730783666.jpg)
-1730783666.jpg)
-1730783666.jpg)
-1730783663.jpg)
-1730783663.jpg)
-1730783656.jpg)
-1730783655.jpg)
-1730783471.jpg)
-1730783471.jpg)
-1730783450.jpg)
-1730783448.jpg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी