काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमाथि जोडिएको बेलीब्रिज निर्माणमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई सम्मान गरेका छन्।
असोज १०–१२ को वर्षापछि आएको बाढीका कारण क्षतिग्रस्त पुल द्रुत गतिमा निर्माण गरी सवारी आउजाउ गराउन योगदान दिएको भन्दै उनले निर्माणमा संलग्नलाई सम्मान गरेका हुन्।
मंगलबार बिपी राजमार्गअन्तर्गत सिन्धुली एवंं रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध यातायात सञ्चालनका लागि खटिने सब पक्ष धन्यवादका पात्र भएको बताए।
सडक विभागका महानिर्देशक रामहरि पोखरेल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने, पुल महाशाखा प्रमुख लिलजन खनालसहितको टोलीले सडक अनुगमन गरेको हो।
उक्त अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता एवं सरकारी अधिकारीले मन्त्री दाहालको स्वागत गरेका थिए।
बाढीले क्षतिग्रस्त पुल पुनर्निर्माणपछि भारवहन क्षमता परीक्षण गी यात्रुवाहक सवारी साधन सञ्चालनमा ल्याइएको छ।
दुई सातामै खुर्कोटमा बेलीब्रिज तयार गर्न ५८ सेनामा जवान खटिएका थिए। महासेनानी (कर्नेल) नारायण तुम्बाहाम्फेको नेतृत्वमा खटिएको सेनाको ब्रिज युनिटले दैनिक १७ घण्टासम्म काम गरेको थियो। कर्नेल तुम्बाहाम्फेका अनुसार बिहान ६ देखि राती ११ बजेसम्म काम गरेर बेलीब्रिज तयार भएको हो।
-1729591378.jpg)
-1729591398.jpg)
-1729591398.jpg)
-1729591398.jpg)
-1729591398.jpg)
-1729591397.jpg)
-1729591397.jpg)
-1729591397.jpg)
-1729591397.jpg)
-1729591396.jpg)
-1729591396.jpg)
तस्बिर साैजन्यः नेपाली सेना/भाैतिक मन्त्रालय