राजधानीबाट नजिकको ऐतिहासिक एवं पुरातात्त्विक गहना हो, नुवाकोट।
सहरको भीडभाड, कोलाहल, धुवाँ–धुलो, धपेडीबाट मुक्त हुन र शितल, स्वच्छ वातावरणमा रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य हो, नुवाकोट। राजधानी काठमाडौंसँगै जोडिएको यो जिल्लाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ। नुवाकोटको साततले दरबार क्षेत्रले देशको अनुप शिल्पकलाको प्रतिनिधित्व गरेको छ।
इतिहास हेर्दा कुनै बेला काठमाडौंभन्दा शक्तिशाली थियो, नुवाकोट। पृथ्वीनारायणले बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्नुअघिको कुरा हो । त्यही बेला नुवाकोट अनेकन शिल्पकलाले सजिएको इतिहासमा उल्लेख छ। तर, प्राचीन हस्तशिल्पले खेपिएका संरचना अब सग्लो देख्न पाइँदैन।
‘गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक आठ वटा संरचना पुनःनिर्माणको जिम्मेवारी चीन सरकारले लिए पनि काम अझै सकिएको छैन।
नेपालबाट पुरातत्त्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच २०७६ जेठमा ४५ महिनाभित्र पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो। उक्त अवधि पूरा भइसक्दासमेत दरबारसहितको संरचना पुनःनिर्माण तथा प्रबलीकरण अझै अन्योल छ।
चीनले पुनःनिर्माणको जिम्मेवारी लिएको आठ वटा संरचनामा साततले दरबारसहित तलेजु भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी