प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन यसवर्ष भदौ ३ गते परेको छ। यस पर्वलाई विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधेर मनाइन्छ।
जनैपूर्णिमाका अवसरमा पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोकविनायकलगायत बाग्मती नदीको किनार र देशभरका मठ मन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ।
वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन्।
भोली जनैपूर्णिमा भएकाले आज राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा दाजुभाइका लागि राखी किन्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ।
अहिले बजारमा ३०, ५०, १०० र सोभन्दा बढी मूल्यका राखी पाइने गरेका छन्। १०० वटा डोरी ५०० रुपैयाँमा बिक्री भइरहेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी