काठमाडौं। काठमाडौंको भृकुटीमण्डमा तीन दिने ‘इभी एक्स्पो नेपाल’ शुक्रबारदेखि सुरु भएको छ। एसडी एक्स्पाे मिडियाले आयोजना गरेकाे एक्स्पाे मंसिर १८ गते सम्म चल्ने छ।
एक्स्पाेको उद्घाटन नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले गरेका थिए। एक्स्पाेमा विद्युतीय कार, स्कुटर, साइकल, बस, ट्रयाक्टर, कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू राखिएको छ।
साथै एक्स्पाेमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू तथा ५ सयभन्दा बढी विभिन्न देशका ब्रान्ड राखिएको आयोजकले जनाएको छ। वर्तमान समयमा विद्युतीय सवारीसाधनप्रति मानिसहरुको आकर्षण बढाउन इभी एक्स्पाेको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। यस्ता आयोजनाले विद्युतीय सवारीसाधप्रतिको आकर्षण बढ्ने उसको दाबी छ।
एक्स्पाेको निरिक्षण गर्दै प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युतीय भेहिकलमा भएका यस्ता एक्सपो एकदम राम्रो र सराहनिय भएको प्रतिक्रिया दिए। यसलाई थप प्रोत्साहन गरी बढाउनुपर्ने उनको भनाइ छ।
विद्युतीय सवारीसाधनको प्रयोगले नेपालमा आयात हुने इन्धनमा कमी आई नेपालको विद्युत खपत बढाउने भएकाले विद्युतीय सवारीमा जोड दिन उनले सबैलाई आग्रह गरे। एक्स्पाेको सहआयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ। एक्स्पोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभी ड्राइभ द फियुचरले सहकार्य गरेका छन्।