काठमाडाैं । स्थानीय तहकाे निर्वाचन आज शुक्रबार देशैभर भइरहेकाे छ ।
सर्वसाधारणदेखि विभिन्न नेता तथा उम्मेवारहरूले मतदान गरिरहेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराको गन्यापधुरा–१, रूवाखोलास्थित असिग्राम माविमा मतदान गर्दै ।
काठमाडौंको मध्यबानेश्वरस्थित सानो गौचरन हाइटमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनका उम्मेदवारलाई मतदान गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी ।
गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमा — ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिरः नवीन पौडेल
काठमाडाै महानगरपालिका–२९ स्थित मिलन विद्यामन्दिर केन्द्र अनामनगरमा मतदान गर्दै निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ।
महाकाली नगरपालिका –५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान केन्द्रमा मतदान गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाको गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गर्दै।
भरतपुर महानगरपालिका–१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार रेनु दाहाल ।
राप्ती नगरपालिका –५, भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गर्दै नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डे ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौराबाट मतदान गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंह काठमाडौँ महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै ।
भरतपुर महानगरपालिका– १२ मा रहेको मोहोन माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै भरतपुर महानगरपालिकाको प्रमुख पदका प्रत्यासी विजय सुवेदी ।
स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालय गुण्डूको मतदान केन्द्रमा मतदान गर्दै सांसद महेश बस्नेत ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौँ महानगरपालिकाको विशालनगर मतदान केन्द्रबाट मतदान गर्दै।
सबै तस्बिर रासस ।