काठमाडौं । टीभिीएसको बहु–प्रतिक्षित अपाचे आरटीआर २०० फोरभी आज नेपाली बजारमा सार्वजनिक भएको छ । बीएस सिक्स इन्जिन प्रविधिमा आधारित यो बाइक फस्र्ट इन् क्लास राइडिङ मोड्स सहितको नयाँ मोडल हो ।
टीभीएस अपाचे आरटीआर २०० फोरभी विथ फस्र्ट इन् क्लास राइडिङ मोड्सकाबारे कुरा गर्नुपर्दा यसमा ठाउँ, सडक र मौसमअनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स छ ।
यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तीनवटा मोड छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ ।
यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको आरटीएफआई टेक्नोलोजी युक्त बीएस सिक्स कम्प्लाइन्ट इन्जिन हो । अटोमोबाइल जगतमा आरटीएफआई प्रविधिलार्ई निकै नै उत्कृष्ट मानिन्छ । यसैगरी बीएस सिक्स कम्प्लाइन्ट इन्जिन सहितको अपाचे आरटीआर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिलादेखि नै प्रतीक्षा गरिरहेको पाइन्छ ।
यसमा आरटीएफआई टेक्नोलोजी युक्त बीएस सिक्स कम्प्लाइन्ट इन्जिन अरु कार्बोरेटर इन्जिनभन्दा एकदमै शक्तिशाली रहेको छ, जसले मोटरसाइकलको शक्ति र आयु दुवैलाई बढाइदिएको छ । यसले टीभीएसको रेसिङ डीएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ ।
यसैगरी यस मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फस्र्ट इन् सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने यसको पूरै ग्राफिक्स, रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको छ ।
३ लाख ८४ हजार ९ सय रुपैयाँ पर्ने यो बाइक नेपाली बजारमा ग्लास ब्ल्याक, पर्ल ह्वाइट र नयाँ म्याट नीलो गरी तीनवटा कलर अप्सनमा उपलब्ध छ ।
यो बाइक पहिलेको भन्दा फरक फस्र्ट इन् सेग्मेन्ट एड्जस्टेबल सस्पेन्सनसहित आएको छ । उच्चतम पर्फमेन्स दिन सक्षम सोआ फ्रन्ट सस्पेन्सनको प्रि लोडेड एड्जस्ट्मेन्टले चालकलाई प्लस राइड र ट्रयाक राइड कुनमा चलाउने भनी अप्सन प्रदान गरेको छ ।
यसमा तीन स्टेप एड्जस्टमेन्ट सहित एड्जस्टेबल ब्रेक तथा क्लच लिभर उपलब्ध छ जसलाई बीचको औंलाले सजिलै नियन्त्रण गर्न सकिन्छ ।
साथै सिंगल च्यानल एबीएस राखी ब्रेकिङ प्रणालीमा व्यापक सुधार गरिएको कारण यो बाइक अति सुरक्षित पनि छ ।