सोमबार, जेठ ३१ २०७८ ११:२६ AM

×

प्याराग्लाइडिङमा विश्वकीर्तिमानी राखेका सानुबाबु, जो पाँच सय रुपैयाँ लिएर घरबाट भागेका थिए

images

काठमाडौं । हरेक मान्छेसँग आ–आफ्नै सपना र योजना हुन्छन् । कतिले पूरा गर्छन् त कतिको अधुरै रहन्छ । सपना साकार गर्न पनि त लगाब चाहिन्छ ।

त्योसँगै आर्थिक पाटो जोडिन्छ नै । यस्तै संघर्ष र चुनौतीसँग सामना गर्दै दक्षिण एसियामा नै पहिलो प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्ने व्यक्ति हुन, सानुबाबु सुनुवार । 

सगरमाथाबाट समुद्र सतहसम्म प्याराग्लाइडिङ गर्न उनी विश्वमा नै पहिलो व्यक्ति हुन् । त्यस्तै सन् २०१० मा विश्वकै पहिलो व्यक्तिका रूपमा प्याराग्लाइडिङमार्फत मेची–महाकाली यात्रा गरेर रेकर्ड कायम गरेका थिए । 

रामेछापको रामपुरमा विक्रम संवत् २०४० सालमा बुबा दलबहादुर र आमा स्यामसुङ सुनुवारको कोखबाट जन्मिएका सानुबाबुले विभिन्न कीर्तिमानी र रेकर्ड कायम गरेका छन् । उनले सगरमाथाबाट एक महिना लगाइ प्याराग्लाइडिङ गरेर सन् २०११ मे २१ मा समुद्र सतहसम्म पुगेका थिए । 