काठमाडौं । पछिल्लो समय सिमित रुपमा देखिएका विकास बैंकहरुले व्यवसायको आकारलाई उच्च दरले बढाउन थालेका छन । विकास बैंकहरुले बजार विस्तार गरिरहँदा वाणिज्य बैंकहरु नै पछि पर्न थालेका छन ।
आक्रामक रुपमा व्यवसाय विस्तारमा लागेका बैंकहरुलाई स्रोत व्यवस्थापनमा कठिन बन्दै गएका बेला विकास बैंकहरु भने अब्बल सावित हुँदै गएका छन । चैतसम्मको वित्तीय विवरणलाई हेर्ने हो भने नेपाल बैंगलादेश बैंक (एनबी) को भन्दा मुक्तिनाथ विकास बैंक अग्रमोर्चामा देखिएको छ ।
नेपाल बैंकर्स संघ दिएको चैतसम्मको निक्षेप संकलन विवरणमा नेपाल बैंगलादेश बैंकको निक्षेप परिचालन ७५ अर्ब २८ करोड रुपैयाँ मात्र छ । तर, मुक्तिनाथ विकास बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाशिक वित्तीय वित्तीय विवरणअनुसार चैतसम्म चैतसम्म ७९ अर्ब ९० करोड ७१ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । यति मात्र हैन ९ महिनामा मुक्तिनाथले १ अर्ब रुपैयाँ बढी खुदनाफा गरेको छ । एनबीले तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।
यो पनि हेर्नुहोस
समकालीन बैंकहरुबीच निक्षेप संकलनमा ४ गुणा अन्तर, ५ बैंक अझै चढेनन् खर्ब क्लबमा
निक्षेप र कर्जा लगानीका आधारमा एनआईसी एसिया बन्यो ठूलो बैंक, कुनको कति ?
समीक्षा अवधिमा मुक्तिनाथले ६८ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । एनबीले ६८ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको संघले जानकारी दिएको छ । कर्जा लगानीमा नेपाल बंगलादेशले मुक्तिनाथलाई केही करोडले पछि पारेको छ ।
मुक्तिनाथले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुदनाफा ४८.७५ प्रतिशतले बढाएर १ अर्ब ५६ लाख रुपैयाँ पुर्याएको छ । यस्तै महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङा डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकहरुले व्यवसाय बढाएका छन ।
निक्षेप बढेसँगै व्यवसाय फस्टाउने गर्छ । व्यवसाय फस्टाउनु भनेको बैंकको आम्दानी बढ्ने र त्यसले नाफालाई पनि बढाउँदै जान्छ । यसबाट लगानीकर्ताको प्रतिफललाई समेत सुनिश्चितता दिन्छ ।
निक्षेप नबढ्दा बैंकहरुलाई कर्जा लगानीमा समस्या हुन्छ । कम कर्जा लगानीबाट बढी फाइदा उठाउने अवस्था आउन गाह्रो हुन्छ । स्रोत बढ्दै गए कर्जा लगानीमा सहज हुने मात्र हैन केन्द्रीय बैंकको निर्देशनानुसार कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी) कायम गर्न पनि सहज हुन्छ ।
यसले बैंकका लागि लगानीका बाटाहरु खोल्दै जान्छ र आगामी दिनमा बैंकको व्यवसाय वृद्धि भइरहेको छ भन्ने आधार दिन्छ । तर, पछिल्लो समयमा कतिपय बैंकहरुको वृद्धि सुस्त हुँदा निक्षेप बढ्न सकेको छैन ।
त्यसका अतिरित्त अन्य सुधारका आयामहरुसमेत नदेखिने अवस्था आएको छ । व्यवसाय बढाउन नसकेका वाणिज्य बैंहहरुमाथि मर्जरमा जान दबाब बढेको छ ।