एजेन्सी । छिमेकी चीनमा निर्माणधिन विश्वकै दोस्रो ठूलो बैहितान जलासय आयोजनामा पानी भर्न सुरु गरिएको छ । दुई नम्बर डाइभर्सन तल्लो गेट अप्रिल ६ मा बन्द भएको छ ।
यसको मतलब निर्माणाधीन संसारको सबैभन्दा ठूलो जलविद्युत आयोजनाले पहिलो चरणको जलविद्युत उत्पादन एकाइको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चालेको छ । जुलाई १ देखि आयोजनाको पहिलो युनिटबाट १ हजार मेगावाट बिजुली उत्पादन हुनेछ ।
सिनोहाइड्रो इञ्जिनियरिङ ब्युरो एन्ड कम्पनीका अनुसार गेट बन्द भएपछि जलाशयको पानी ६५५ मिटरबाट बढ्न थालेको छ । जसको अवस्था पूरा गर्न जलाशयको पानी सतह जुन मध्यमा ७७५ मिटरमा जम्मा हुनेछ ।
सञ्चालन सुरु गर्न जलविद्युत उत्पादन एकाइको पहिलो समूह अगस्टदेखि सेप्टेम्बरसम्म जलाशयको पानी ८०० मिटर भण्डार हुनेछ । त्यसपछि बिस्तारै जुन २०२२ मा ८२५ मिटरको सामान्य भण्डारण हुनेछ । आयोजनाबाट सन् २०२२ देखि १६ हजार मेगावाट बिजुली उत्पादन हुनेछ ।
बैहितान जलाशयको कुल भण्डारण क्षमता २० अर्ब ७२ करोड ७० लाख घन मिटर छ । जुन जिन्सा नदी घाँटीको ९१ प्रतिशत हो । ७.५ अर्ब घन मिटर क्षमताको जलाशय याङत्जी नदी बाढी नियन्त्रण प्रणालीको महत्वपूर्ण हिस्सा हो । केवल थ्री गर्जेज बाँध र डन्जियांगको जलाशय ठूलो छ ।
विद्युतगृहको जडित क्षमता १६ हजार मेगावाट अर्थात १६ गिगावाट छ । यो विद्युतगृह चीनको थ्री गर्जेजभन्दा सानो हो । थ्री गर्जेजको जडित क्षमता २२ हजार ५०० मेगावाट अर्थात २२.५ गिगावाट छ । यो विश्वको दोस्रो ठूलो बाँध परियोजना हो । नयाँ शक्ति स्रोतले चीनलाई कार्बन उत्सर्जन लक्ष्यमा पुग्न मद्दत गर्छ ।
यो बाँध परियोजना जिन्सा रिभर चुनयुनआन हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भइरहेको छ । परियोजना बनाउन ६ अर्ब ३० करोड अमेरिकी डलर अनुमान गरिएको छ । आयोजनाको निर्माण २०१७ देखि सुरु भएको हो । आयोजनाबाट वार्षिक ६० अर्ब २४ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनामा १००० मेगावाटको क्षमताका १६ वटा टर्वाइन हुने छन् । बाँधको उचाइ २७७ मिटर अग्लो छ ।
बैहितान हाइड्रोपावर चीनको पश्चिमदेखि पूर्वी दिशामा प्रसारण कार्यक्रमको मेरुदण्ड हो । याङत्जी नदीमा बाढी नियन्त्रण प्रणालीको महत्वपूर्ण हिस्सा र विश्वव्यापी जलविद्युत उद्योगको विकासमा एक महत्वपूर्ण परियोजना हो ।
बैहितान बाँध चीनको दक्षिण पश्चिममा सिचुआन र युन्नान प्रान्तहरूमा यांग्त्जी नदीको माथिल्लो भागको जिन्सा नदीमा निर्माणाधीन एक ठूलो जलविद्युत बाँध हो । आयोजनामा डबल कर्भेट आर्च बाँधको निर्माण गरिएको छ ।
आयोजना जिन्सा रिभर चुनयुनआन र चाइना थ्री गर्जेज कर्पोरेसनको ७० प्रतिशत हिस्सा छ । यसैगरी सिचुवान इन्भेस्टमेन्ट ग्रुपको १५ र युनान इन्भेस्टमेन्ट गुपको १५ प्रतिशत लगानी रहेको छ ।
(ग्लोबल टाइम्सको सहयोगमा)