मङ्गलबार, असोज १२ २०७८ ०४:२७ PM

×

नख्खुमा भेटियो ‘बर्डफ्लू’, सयौंको संख्यामा कुखुरा र हाँस नष्ट 

images

काठमाडौं । ललितपुर महानगरपालिका–१४ स्थित नख्खुमा कृषकले पालेको स्थानीय कुखुरा, बट्टाइ र हाँसमा ‘बर्डफ्लू’ भेटिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार, नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रियल टाइममा पीसीआर गरी नमुना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो ।

बर्डफ्लू भेटिएपछि हुन सक्ने सम्भावित संक्रमणलाई रोक्न त्यसक्षेत्रका किसानले पालेका ५ सय १६ वटा हाँस, ८ सय ५४ स्थानीय कुखुरा, १ सय ५४ बट्टाइ, ९ सय ४४ वटा अण्डा र ३ सय ५५ किलो दाना नष्ट गरिएको छ ।

रोग देखा परेको क्षेत्रलाई पूर्ण निः संक्रमण समेत गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मङ्गलबार १७ चैत २०७७ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया