मङ्गलबार, असोज १२ २०७८ ०४:२९ PM

×

भक्तपुरमा खुल्यो देशकै ठूलो तरकारी बजार, ३२ करोडको लगानी 

images

काठमाडौं । अहिलेसम्मकै धेरै लगानीमा भक्तपुरको सूर्यविनायकमा हरित कृषि थोक बजार सञ्चालनमा आएको छ । होलसेल बजारको रुपमा स्थापना गर्ने उद्देश्यले  तरकारी बजार सञ्चालन गरिएको हो । तर, स्थानीयको लागि भने खुद्रामा पनि बिक्री गर्ने सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले बताएका छन् । 

३२ करोडको लगानीमा २०७५ फागुनदेखि निर्माणको सुरु गरे पनि दुई वर्षपछि मात्रै बजार सञ्चालनमा आएको हो । अरनिको राजमार्गअन्र्तगत आदर्श बस बिसौनीबाट दक्षिण तिरको ३५ रोपनी जग्गा भाडामा लिएर उक्त बजार सञ्चालन गरिएको छ ।  जग्गा १५ वर्षका लागि भाडामा लिइएको हो ।

No description available.

भित्र जान र  बाहिर निस्कनका लागि छुटाछुटै दुईवटा प्रवेशद्धारको व्यवस्था गरी आधृनिक रुपमा कृषि बजारको निर्माण गरिएको छ । तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो बनाइ पार्किङको सुविधा गरिएकोे बजारका अध्यक्ष प्रसाईले बताए । अहिले अनौपचारिक रुपमा सुरु गरिएको र वैशाखमा कृषि मन्त्रीबाट उदघाटन गराई औपचारिक रुपमा बजारको सुरुवात गर्ने योजना राखेको उनको भानाइ छ ।

No description available.

तत्कालका लागि तरकारी बजार सञ्चालनमा ल्याए पनि माछामासु र फलफूल बजार बनाउन बाँकी रहेको जनाइएको छ । प्रत्येक दिन बिहान दुई बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने सो बजारमा साढे ७ सय स्टल छन् ।  पूर्वी नाकाबाट ल्याइएका सबै तरकारीहरु भक्तपुरबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुर्याउने बताइएको छ ।


 
 

बुधबार ११ चैत २०७७ ०२:३७ PM मा प्रकाशित

प्रतिक्रिया