मङ्गलबार, असोज १२ २०७८ ०३:३४ PM

×

कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्छ– कृषिमन्त्री अर्याल

images

काठमाडाैं। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताएकी छन् । सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकाले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताइन् । कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उनको भनाई छ ।

किसानलाई नोक्सान हुने क्षेत्रमा नदिन गरी, किसानलाई संरक्षण गर्ने गरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उनले बताइन् । उनले भनिन्, ‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्ने गरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका बेला, आज कृषि क्षेत्रमा ठूलो लगानीको जरुरी पनि छ । ठूलो लगानीको जरुरी छभन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आजा ठुलो लगानी गर्नुपर्ने कुरा सरकार आफैं एक्लैले गर्नसक्ने ठाउँमा छैन,’ उनले बताइन् ।

मन्त्री अर्यालले कोभिड-१९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिजर्ना गर्ने पनि बताइन्  । 

सोमबार ९ चैत २०७७ ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया