एजेन्सी । छिमेकी चीनले ब्रम्हपुत्र (यार्लाङ स्याङग्बो) नदीको तल्लोतटीय क्षेत्रमा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । सो जलविद्युत आयोजनाको बिस्तारमा भारत सरकार भने सन्तुष्ट छैन । चीन—भारत सिमानामा रहेको विवादित भूमिमा जलविद्युत आयोजना तीव्र गतिमा बढाउने भनेसँगै भारत सरकारले असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
‘यार्लाङ स्याङग्बोमा तीव्र गतिमा जलविद्युत आयोजना अघि बढाउन आवश्यक छ’, नेसनल पिपुल्स कंग्रेसको सभामा चीनका एक वरिष्ठ अधिकारीले आवाज उठाएका छन् ।
ब्रम्हपुत्रको २९ सय किलोमिटरको तल्लो तटमा बाँध निर्माणको प्रस्ताव गत नोभेम्बरमा प्रस्तुत गरिएको थियो । सो प्रस्ताव चीनले आफ्नो ५ वर्षे योजनामा समावेश गरेको छ ।
गत शुक्रबार चीनको राजधानी बेइजिङमा सो योजना जारी गरिएको थियो । तिब्बतमा बग्दा यार्लाङ स्याङग्वो भनेर चिनिने नदी भारतको पहाडमा बग्दा ब्रम्हापुत्रका नामले परिचित छ ।
यार्लाङ स्याङग्बो नदीमा नयाँ जलविद्युत आयोजनाले भारतलाई दुःखी बनाउन सक्ने अनुमान चीनको पनि छ । तर, उक्त स्थानमा चीनले जलविद्युत आयोजना भने निर्माण गरेरै छाड्ने बताएको छ ।
‘चीनले भारतसँगको आफ्नो विवादित सिमाना नजिकको नदीमा जलविद्युत आयोजना निर्माण गर्ने योजनालाई छिट्टै गति दिनुपर्छ’, एक वरिष्ठ अधिकारीले राष्ट्रिय जन कांग्रेसको बैठकमा भने ।
‘यही वर्षबाटै बाँधहरूको निर्माण सुरु गर्न प्रयत्न गर्नुहोस्’, चीनको तिब्बत स्वायत्त क्षेत्रका कम्युनिष्ट पार्टी उपप्रमुख चे डल्लाहाले भने ।
चीनले तिब्बतर्फ उत्तरी भेगमा रहेको प्राकृतिक ग्यास उत्पादनतर्फ आफूले ध्यान दिन जरुरी रहेको महसुस गरेको छ । आगामी ५ वर्षे योजनामा चीनले ऊर्जासम्बन्धी विभिन्न लक्ष्य हासिल गर्न यार्लाङ स्याङग्बो आयोजनाले सघाउने अनुमान गरेको छ ।
बेइजिङले आफ्नो ऊर्जाशक्ति तथा स्रोतको वृद्धि गर्न तिब्बतलाई प्रयोग गर्न पनि सक्छ । तर, जलविद्युत आयोजनाका लागि यार्लाङ स्याङग्बोमा भारतले पनि तनाव बढाउने सम्भावना छ । गत वर्षको मे महिनादेखि चीन भारतसँग सिमाना विवादमा पनि फसेको छ ।
पावर चाइना कर्पोरेसनका अध्यक्ष यान जिहियोङले प्रान्तहरूले सञ्चालन गरिरहेका आयोजनाहरूले पनि विकासको गतिमा नेतृत्व लिइरहेको बताए । उनले बाँधबाट संयुक्त रूपमा बिजुली निकाल्न सकिने क्षमताको विकास गरिने बताएका छन् । बाँधबाट ६० हजार मेगावाट (६० गिगावाट) बिजुली निकाल्न सकिने उनको भनाइ छ ।
‘यही वर्षबाटै बाँधहरूको निर्माण सुरु गर्न प्रयत्न गर्नुहोस्’, चीनको तिब्बत स्वायत्त क्षेत्रका कम्युनिष्ट पार्टी उपप्रमुख चे डल्लाहाले भने । चीनले तिब्बतर्फ उत्तरी भेगमा रहेको प्राकृतिक ग्यास उत्पादनतर्फ आफूले ध्यान दिन जरुरी रहेको महसुस गरेको छ । आगामी ५ वर्षे योजनामा चीनले ऊर्जासम्बन्धी विभिन्न लक्ष्य हासिल गर्न यार्लाङ स्याङग्बो आयोजनाले सघाउने अनुमान गरेको छ ।
चीनको केन्द्रमा रहेको ‘थ्री गर्जेज ड्याम’ को तुलनामा ३ गुणा बढी बिजुलीको सम्भावनासमेत रहेको छ । थ्री गर्जेज बाँध विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजनाका रूपमा समेत परिचित छ । यसको जडित क्षमता २२ हजार ५०० मेगावाट छ । याङसे नदीमा रहेको छ ।
‘ब्रम्हपुत्र एउटा राष्ट्रिय सुरक्षासँग सम्बन्धित आयोजना पनि हो, चीनमा रहेका जलस्रोतलाई र घर जग्गालाई समान रूपमा संरक्षण गर्नुपर्छ’, तिब्बत स्वायत्त क्षेत्रका कम्युनिष्ट पार्टी उपप्रमुख सीले भने ।
चीनको केन्द्रमा रहेको ‘थ्री गर्जेज ड्याम’ को तुलनामा ३ गुणा बढी बिजुलीको सम्भावनासमेत रहेको छ । थ्री गर्जेज बाँध विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजनाका रूपमा समेत परिचित छ । यसको जडित क्षमता २२ हजार ५०० मेगावाट छ । याङसे नदीमा रहेको छ
गत डिसेम्बरमा भारतको जलस्रोत मन्त्रालयले ब्रम्हपुत्र नदीमा १० हजार मेगावाट (१० गिगावाट) को जलविद्युत आयोजना बनाउने तयारी गरिरहेको जनाएको छ । चीनले निर्माण गर्न लागेको बाँधबाट पर्ने नकारात्मक असर कम गर्न आयोजना आवश्यक रहेको भारतको तर्क छ ।
सेन्टर फर पोलिसी रिसर्चका प्राध्यापक ब्रम्हा चेलानीका अनुसार बेइजिङका जलविद्युत आयोजनाको आफ्नो छुट्टै महत्व छ । चीनले भारतको सिमानामा भित्रिने ठाउँमा यार्लङ स्याङग्बोमा ड्याम बनाउने निर्णय गरेकाले बेङजिङ लाभान्वित हुने भारत सरकारको तर्क छ ।
चीनबाट भारत प्रवेश गर्नेुपूर्व यार्लङ स्याङग्बोले युटर्नको आकार निर्माण गर्छ । भारतका हिमालयमा नदी बग्नु पूर्व सो नदीले ठूलो पोखरीको निर्माण गर्छ ।
चीनको राजदूतावासले गत वर्ष भारत सरकारलाई ऊर्जा शक्ति उत्पादनका लागि सामान्य योजना बन्दै गरेको र त्यसमा कुनै किसिमका बढाइ–चढाइ गर्न आवश्यक नरहेको जानकारी गराएको थियो ।
सन् २०१८ मा भारत र चीन सरकारले यार्लङ स्याङग्बो नदीको उत्पादनमा सहकार्य गर्ने सम्झौतासमेत गरेको थियो । उक्त नदीसम्बन्धी सम्झौता गर्न आवश्यक भए पनि दुई देशका सरकारले एक आपसमा पुराना सम्झौता नवीकणसमेत गरेका थिए । बेइजिङबाट अपेक्षित सहयोगमा कमी आएपछि सम्झौता आवश्यक रहेको भारत सरकारले बताएको थियो ।
पावर चाइना कर्पोरेसनका अध्यक्ष यान जिहियोङले प्रान्तहरूले सञ्चालन गरिरहेका आयोजनाहरूले पनि विकासको गतिमा नेतृत्व लिइरहेको बताए । उनले बाँधबाट संयुक्त रूपमा बिजुली निकाल्न सकिने क्षमताको विकास गरिने बताएका छन् । बाँधबाट ६० हजार मेगावाट (६० गिगावाट) बिजुली निकाल्न सकिने उनको भनाइ छ ।
चीनले भने सो समयमा अवलोकन गरिएका साइटहरूमा मनसुनले बाधा पुर्याएको जनाएको थियो । उक्त समयमा दुर्ई देशहरूले आफ्ना सैनिक तैनाथ राखेका थिए । तर, सैनिकहरूको निगरानीमा रहे पनि सो सिमानामा लगातार एक सातासम्मको वर्षाले ऊर्जा उत्पादनको सम्भावना अध्ययनमा समस्या सिर्जना गरेको थियो ।
दशकौंदेखि चीनले ११ पटकसम्म यार्लाङ स्याङग्बो नदीमा जलविद्युत आयोजनाको सुरुवात गर्ने प्रस्ताव गर्दै आएको छ । उक्त प्रस्तावहरू निर्माण भए पनि विभिन्न आलोचकहरूले भारत र बंगलादेशमा वातावरणीय प्रभाव पर्न सक्ने बताउँदै आएका थिए । दक्षिण एसियाका विश्लेषक वांग देहुयाले भारत र चीनको सन्दर्भमा जलस्रोतका विषय गम्भीर बन्न पुगेको बताए ।
‘ड्यामको निर्माण गर्दा ठूलो विवाद आउने सम्भावना पनि छ तर जस्तोसुकै विवाद आए पनि त्यसको समाधानका लागि वार्ताकै माध्यम अपनाउनु उपयुक्त हुन्छ’, विश्लेषक वांग देहुयाले भने । तिब्बतको मानसरोबरबाट उत्पत्ति भएको ब्रम्हपुत्र ल्हासा र भारतको अरुणाचल प्रदेश हुँदै बंगलादेशसम्म पुग्छ ।
(साउथ चाइना मर्निङ पोष्टको सहयोगमा)