×

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

images

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार आफ्नै निवासमा निधन भएको छ । लामो समयदेखि आफ्नै निवासमा आराम गरिरहेका घिमिरेको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । 

माधवप्रसाद घिमिरेको जन्म वि. सं १९७६ असोज ७ गते भएको थियो  ।  स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधामा कलम चलाउदै आएका थिए । 
घिमिरेको नेपाली साहित्यको क्षेत्रमा ठूलो योगदान छ ।  

मङ्गलबार २ भदौ २०७७ ०६:४३ PM मा प्रकाशित

प्रतिक्रिया