काठमाडौं । गएको सोमबारदेखि बुधबार दिउँसोसम्म हेटौडा, वीरगन्ज र भैरहवालगायत देशैभरका उद्योगले ‘लाइन ट्रिपिङ’ समस्या झेले । यतिसम्म कि भर्खरै बन्दाबन्दी (लकडाउन) खुकुलो भएर चल्न थालेकै उद्योग ट्रिपिङकै कारण ठूलो क्षति ब्यहोर्न बाध्य भए । त्यो बीचमा उद्योग ९० प्रतिशत ‘सटडाउन’ नै भए ।
त्यसक्षेत्रमा लकडाउनका कारण अहिले पनि ६० प्रतिशत उद्योग बन्द अवस्थामै छन् । ४० प्रतिशत उद्योग चल्न थालेका के थिए, छिनछिनमा लाइन झ्याप झ्याप जाने समस्याले बन्द गर्नुपर्ने अवस्थामा आएको उद्योगी बताउँछन् ।
लोडसेडिङकै झल्को दिने लाइन ट्रिपिङ भएको यो पहिलो पटक भने पक्कै होइन् । एक उद्योगीका अनुसार, ६ महिना पहिले पनि त्यस क्षेत्रका उद्योगहरुले यस्तै नियति भोग्नुपरेको थियो ।
विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रका लागि भनेर छुट्टै लाइन वितरण गरेको छ । तर, समय समयमा लाइन जाने समस्याले उद्योगीलाई हैरानी मात्रै होइन्, ठूलो क्षति समेत पुर्याउने गरेको छ ।
याे पनि पढ्नुहाेस, बारम्बारको लाइन बिजुली ट्रिपिङपछि भैरहवा र वीरगञ्ज करिडोरका ९० प्रतिशत उद्योग ‘सटडाउन’
बिजुली बेच्न बसेको प्राधिकरण घुस नखुवाई बिजुली दिँदैन । अर्कोतिर बल्ल बल्ल बिजुली दिए पनि लाइन ट्रिपिङले उद्योगी हैरान परेका छन् । प्राधिकरणले गुणस्तरहीन बिजुली दिएकाले अहिले पनि उद्योगमा जेनेरेटर हट्न सकेको अवस्था छैन् । विद्युत् प्रणालीमा एक पटक लाइन ट्रिपिङ हुने वित्तिकै उद्योगलाई ठूलो नोक्सान हुने गर्छ ।
अहिले पनि उद्योग क्षेत्रले साढे ३ सय मेगावाट बिजुली खपत गर्न सक्छ भनेर सरकारी अधिकारीहरु नै बताउँदै आएका छन् । तर, उद्योग मागेको जति बिजुली प्राधिकरणले उपलव्ध गराउन सकेको छैन् । फलस्वरुप, केही उद्योगले डिजेल तथा कोइलामार्फत उद्योग चलाउनुपर्ने बाध्यता छ । होङ्सी, अर्घाखाँचीलगायत धेरै उद्योगले प्राधिकरणसमक्ष बिजुली माग गर्दै निवेदन दिएको बर्षौ वितिसक्यो । तर, बिजुली पाउन सकेका छैनन् ।
याे पनि पढ्नुहाेस, ‘सिस्टम फेल’ हुँदा उद्योगीलाई करोडौं क्षति, विद्युत् प्राधिकरणले जिम्मेवारी लिनु पर्दैन ?
यता, बिजुली पाइरहेका उद्योगहरु पनि प्राधिकरणको प्रवृत्ति सन्तुष्ट छैनन् । प्लाष्टिक प्रशोधनको उद्योगमा मात्रै १ मिनेट वा केही सेकेन्ड लाइन ट्रिपिङ हुँदा लागतको २ प्रतिशत नोक्सान, पग्लेको प्लाष्टिक सबै बिग्रने र थप मेसिन तातेर पुनः उद्योग चलाउन १ घण्टा कुर्नुपर्ने बाध्यता रहेको निम्बस ग्रुपका निर्देशक दिनेश गौतमको गुनासो छ ।
प्राधिरकणले प्रतिवद्धता गरेअनुसारको औद्योगिक लाइन दिएको ठाउँमा पनि हुने लाइन ट्रिपिङ समस्याले उद्योगीले ठूलो क्षति व्यहोर्नुपरेको उनको कथन छ । ‘अहिले हाम्रो उद्योगमा रिभर्स भोल्जेट नै आइरहेको छ । यसले उद्योगका धेरै उपकरण र कम्पोनेन्टहरु बिग्रने गरेका छन् । यसअघि मलाई याद छ, यसले ४० लाखको नोक्सान पार्यो ।’ उनी भन्छन्, ‘प्राधिकरणले भरपर्दो र बिजुलीको क्वालिटीमा पनि ध्यान दिनुपर्यो ।’
प्राधिकरणले यतिसम्म कि बिद्युत् अबरोध भएपछि कति समयसम्म अवरुद्ध भएको हो र, कति समयपछि विद्युत आपूर्ति हुन्छ त्यसबारे उद्योगलाई नोटिस नगर्दा झन ठूलो क्षति हुने गरेकोे गरेको उद्योगीको दुखेसो छ ।
लाइन बिचमै जाँदा उद्योगमा उत्पादित वस्तुको लागत बढेको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल बताउँछन् । प्राधिकरणले पुराना ट्रान्समिसन लाइन, ट्रान्सफर्मर मर्मत र प्रणाली सुधार नगर्दा उद्योगले सधैं समस्या भोग्नुपरेको उनको तर्क छ । प्राधिरकणले विद्युत् ओभरलोडको कारण समस्या भएको भने पनि त्यस्तो नभएको उनको भनाइ छ ।
‘प्राविधिक गडबढी आइहाल्छ त्यो हाम्रो नियन्त्रणमा हुन्न’
लोडसेडिङ अन्त्य भएपछि पनि विभिन्न समयमा हुने विद्युत् सेवामा हुने अवरोध र बारम्बारको ‘ट्रिपिङ’ समस्याबारे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कहिँलेकाहीँ प्रणाली र प्राविधिक रुपमा हुने गडबढीकै कारणले समस्या आउने गरेको बताउँछन् । तर, लामो समयसम्म भने त्यस्तो समस्या नहुने गरेको उनको भनाइ छ ।
‘कहिँलेकाहीँ पानी पर्छ, बाढी पहिरो आएर पोल ढल्छ । ओभरहेड वितरण सिस्टमका कारण समस्या आइहाल्छ’ उनले भने, ‘यसखालको प्राविधिक र प्राकृतिक रुपमा आउने गडबढी हाम्रो नियन्त्रणमा हुँदैन् । तर, हामीले निरन्तर बिजुली दिएकै छौं ।’ देशभरको प्रसारण लाइन र वितरण प्रणाली सुधारको काम तीव्र रुपमा भइरहेकाले त्यस्तो समस्या आउनै नदिने उनको भनाइ छ ।
याे पनि पढ्नुहाेस, लाइन ट्रिपिङले हेटौडाका उद्योगी हैरान, डिजेलबाट चलाउन थाले उद्योग
प्रतियुनिट ८ रुपैयाँमै कोइलाबाट विद्युत् निस्किन्छ, १६ रुपैयाँ तिरेर प्राधिकरणसँग किन किन्ने ?