मुम्बई, एजेन्सी । प्राइभेट इक्विटी फण्ड जनरल एटलान्टिकले डलर अर्बपति मुकेश अम्बानीको मोवाइल कम्पनी जीओ टेलिकम लिमिटेडको १.३४ प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । जनरल एटलान्टिकले ६ हजार ५९८.३८ करोड भारुमा जीओ प्लेटफर्म खरिद गर्न लागेको हो ।
मुकेशले जीओको स्वामित्व चौथो पटक बिक्री गरेका छन । यसअघि अमेरिकी कम्पनी फेसवुक इंक, सिल्भर लेक र भिस्टा इक्टिी पार्टनरले जीओको स्वामित्व खरिद गरिसकेका छन ।
ऋण तिर्न मुकेश अम्बानीले तेस्रो पटक बेचे जीओ टेलिकमको सेयर, भिस्टाले किन्यो २.३२ प्रतिशत
यसपछि जीओको इक्टिी भ्यालु ४.९१ लाख करोड, इन्टरप्राइज भ्यालु ५.१६ लाख करोड भारु रहेको छ । जनरल एटलान्टिकको लगानी १.३४ प्रतिशत इक्टिमा हुने माउ कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेडले जानकारी दिएको छ ।
४ ओटा कम्पनीलाई स्वामित्व बिक्रीबाट ६७ हजार १९४ करोड रुपैयाँ प्राप्त भएको छ । मुकेशले जीओ प्लेटफर्मको १४.८ प्रतिशत स्वामित्व बिक्री गरेका छन । उनी जीओको थप सेयर बेच्ने तयारीमा छन ।
भारतमा जीओका ३८ करोड ८० लाख ग्राहकहरु छन । भिस्टाले मे ८ मा २.३२ प्रतिशत सेयर ११ हजार ३६७ करोड, अमेरिकाको प्राइभेट इक्टि फर्म सिल्भर लेकले १.१५ प्रतिशत ५ हजार ६५५ करोड भारु र फेसवुकले ९.९९ प्रतिशत ५ अर्ब ७० करोड अमेरिकी डलरमा जीओको स्वामित्व खरिद गरेको थियो ।
रिलायन्स इन्डष्ट्रिज लिमिटेड ऋणको पासोमा परेपछि मोचनका लागि मुकेशले धमाधम विदेशी साझेदार भित्राउन थालेका हुन । आगामी सन २०२१ सम्म रिलायन्सले ऋण तिर्ने योजना बनाएको छ ।