काठमाडौं । कोरोना भाइरसको सन्त्रासले सुनसान बनेपछि यातायात व्यवसायी काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पनि बन्द गराउने तयारी गरेका छन ।
यात्रु नपाएर तेल खर्च पनि उठाउन गाह्रो परेको भन्दै व्यवसायीहरु उपत्याकामा सार्वजनिक यातायात केही दिनका लागि बन्द गर्ने पक्षमा देखिएका हुन । सरकारले लामोदुुरी चल्ने सबारीसाधान सोमबारदेखि बन्द गराएको छ । उपत्यकाको सार्वजनिक यातायात बन्द गराउने एजेण्डा सहित व्यवसायीहरुले सोमाबार भौतिक पूर्वाधार तथा यातयात मन्त्री बसन्त नेम्बाङ्सँग सोमबार छलफल गर्ने भएका छन् ।
व्यवसायीहरुले उपत्यकामा यात्रुनै नपाएपछि घाटा हुने भन्दै केहि दिन बन्द गर्ने प्रस्ताव गर्ने भएका छन । कोरोना भाइरसको सन्त्रासले करिब ८ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् । यतिबेला काठमाडौंका सडक, पसल, लगाएतका खाली भएका छन् । कोरोना भाइरसको सन्त्रासले नेपालको यातायात क्षेत्र मर्कामा परेको छ ।
अरुबेला खचाखच हुँने यातायात अहिले चलहपहल मात्र होइन यात्रु नपाएर व्यवसायीहरु छटपट्टि राखेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अर्बै रुपैयाँ लगानी भएको क्षेत्र कोरोनाले संकटमा पर्ने थालेको जानकारी दिए ।
‘भएका यात्रुहरु गाउँतर्फ लागिसके भने उपत्यकामा रहेका मान्छे कोरनाको त्रासले घरबाहिर ननिस्कने अवस्था छ । त्यसमाथि सार्वजनिक यातायात भन्ने बितिकै मान्छेले अर्कौ नजरले हेर्ने गर्छ’ महासचिव सिटौलाले क्यापिटल नेपालसंग भने ।
यात्रु नपाएको अवस्थामा पनि उपत्यकामा व्यवसायीले घाटा खाएर पनि व्यवसाय सञ्चालन गरिरहे, अब भने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएपछि सरकारसँग बन्द गराउँन माग गर्न लागेको सिटौलाको भनाई छ ।
यात्रुकै अभावका कारण काठमाडौंका सडकमा ७५ प्रतिशत सवारी घटिसकेका छन् । बाँकी सञ्चालनमा रहेका सवारीले पनि तेलको खर्चसमेत उठाउँन नसक्ने अवस्था आएको यातायात व्यवसायीको भनाई छ ।