एजेन्सी । समस्याग्रस्त यस बैंकलाई उद्धार गर्न भारत सरकार स्वामित्वको स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले ४९ प्रतिशत स्वामित्व लिने भएको छ ।
भारतीय रिजर्व बैैंक (आरबीआई) ले यसको पुनसंरचना गर्ने ‘बेल आउट स्किम’ ल्याएपछि भारतको निजी क्षेत्रको चौथो ठुुलो बैंकको स्वामित्व एसबीआईले लिन लागेको हो ।
आरबीआईले यस बैंकलाई संकटग्रस्त घोषणा गरी एक महिनासम्म प्रतिवन्ध लगाएको छ । यस बैंकको सञ्चालक समिति समेत भंग गरिएको छ ।
पारिवारिक झगडाले भारतको चौथो ठूलो निजी बैंक कसरी टाट पल्टियो रु, ४०० को सेयर घटेर १८ भारू
एसबीआईको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन हुने भएको छ । यसको वित्तीय स्वास्थ्य धेरै खराव भएको निश्कर्ष केन्द्रीय बैंकले निकालेका छ ।
वित्तमन्त्री निर्मला सितारमनले केन्द्रीय बैंक आरबीआईलाई नियन्त्रणमा लिएर गलत भएको वास्ताविकता बाहिर ल्याउन र व्यक्तिगत निक्षेपलाई सुरक्षण दिन भनेकी थिइन ।
यस बैंक पुनरसंचना परियोजना २०२० सार्वजनिक गर्दै आरबीआईलाई एसबीआईलाई उद्धारका लागि लगानी गर्न भनेको थियो । नयाँ संरचनाअनुसार एसबीआईले प्रतिसेयर १० भारुका दरले ४९ प्रतिशत स्वामित्व लिने छ । बैंकको सञ्चालक समितिमा एसबीआईले २ जना पठाउने भएको छ ।
आरबीआईले यस बैंकको पुनसंरचनाका लागि शुक्रबार प्रस्ताव गरेको थियो । एसबीआईले यस बैंकको ४९ प्रतिशत स्वामित्व २४ अर्ब ५० करोड भारुमा प्राप्ति गर्ने भएको छ ।
नयाँ योजनाले यस बैंकको अधिकृत पुँजी ८ अर्बबाट बढाएर ५० अर्ब भारु पुर्याउने, स्वपूँजी (इक्विटी) सेयर २ अर्ब ५५ करोडबाट बढाएर २४ अर्ब भारु पुर्याउन प्रस्ताव गरिएको छ । पुँजी लगानीको ३ वर्षसम्म एसबीआईको स्वामित्व २६ प्रतिशतबाट नघट्ने व्यवस्था गरिएको छ ।
यस बैंक संकटग्रस्त भएपछि बम्बे स्टक एक्सचेन्जमा सेयर मूल्य ५६ प्रतिशत घटेको छ । एक वर्षका लागि यस बैंकका कर्मचारीले सोही तलव र तहमा रहेर काम गर्नुपर्ने छ । मुख्य पदमा रहेका व्यवस्थापकलाई बैंकको नयाँ सञ्चालक समितिले निरन्तरता नदिने भएको छ ।
वित्तमन्त्री निर्मला र आरबीआईका गभर्नर शक्तिनाथ दासले निक्षेपकर्ताको पैसा सुरक्षित रहने कुरा पुन दोहर्याएका छन । उनीहरुले जनताको निक्षेप सुरक्षित रहेकाले ठुक्क हुन भनेका छन । केही दिन समस्या भएपनि जनताको पैसा सुरक्षित हुने वित्तमन्त्रीले भनेकी छिन ।
आरबीआईले ५० हजार भारुसम्म निकाल्न सक्ने गरी एक महिनाका लागि यस बैंकलाई प्रतिवन्ध लगाएको जनाएको छ । यो प्रतिवन्ध अप्रिल ३ सम्म रहने छ ।
बैंक व्यवस्थापनलाई पर्याप्त समय दिदाँ पनि सुधार नभएपछि हस्तक्षेप गरेको आरबीआईले जनाएको छ । सन् २०१४ मा यस बैंकले अनिल अम्बानी ग्रुप, एस्सेल, आईएलएफएस र डीचएलएफमा ठुलो लगानी गरेको थियो । जेट एयरवेजमा पनि यस बैंकको ठुलो लगानी रहेको छ ।
बैंक असफल हुँदा वित्तीय क्षेत्रमा असर-रजनिश कुमार
एसबीआईका अध्यक्ष रजनिश कुमारले यस बैंक असफल हुँदा वित्तीय बजारमा ठुलो असर परेको बताएका छन । वित्तीय स्थायित्वका लागि यसका पछाडी एसबीआई उभिइरहेको उनले जानकारी गराएका छन । यस बैंकमा नयाँ योजना कार्यान्वयनका लागि २४ सै घण्टा काम गर्ने बताएका छन ।
अब यस बैंक स्वतन्त्र रुपमा सञ्चालन हुने एसबीआई दैनिक कार्यमा सहभागी नहुने रजनिशले स्पष्टपारेका छन । रजनिशले यस बैंक छिट्टै सुधार भई आफनो खुट्टामा उभिन सक्ने प्रतिवद्धता र विश्वास व्यक्त गरे ।
जेट एयरवेजका बारेमा बोल्दै उनले जेटलाई बचाउन प्रयास गरिरहेको तर परिस्थितीका कारण पुर्नजीवन दिन नसकेको स्पष्ट पारेका छन ।