एजेन्सी । कुनै समय भारतीय जनताको प्रिय रहेको ‘यस बैंक’ अहिले डुब्ने अवस्थामा पुगेको छ । यस यस्तो बैंक जसले औषतभन्दा बढी ब्याज दिने सस्थाको रुपमा पनि पहिचान बनाएको थियो । तर, बैंकले अहिले खराब समयको सामना गरिरहनु परेको छ । हालत यस्तो खराब छ की बैंकलाई जोगाउँन महिनौ दिनदेखि कोशीस चलिरहेको छ ।
बैंकको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । आजको दिनमा बैंकको सेयर ५० प्रतिशतभन्दा पनि कममा कारोबार भइरहेको छ । भारत सरकार स्वामित्वको स्टेट बैंक अफ इण्डिया (एसबीआई) अहिले ‘यस बैंक’लाई जोगाउन अगाडी बढेको छ । तर, बैंकको दुनियाँमा चम्केको तारा अचानक यस्तो अवस्थामा कसरी आइपुग्यो ? यो कथाको शुरुवात राणा कपुरको परिवारको माहोल अनि आपसी कलहबाट शुरु हुन्छ ।
बैंकको शुरुवात
भारतमा ‘यस बैंक’ धेरै पुरानो सस्था होइन । सन् २००४ मा राणा कपुरले आफ्नो आफन्त अशोक कपुरसँगको सहकार्यमा बैंकको शुरुवात गरेका थिए । सन २००११ को मुंबई हमलामा अशोक कपुरको निधन भयो ।ण् त्यसपछि अशोककी पत्नी मधु कपुर र राणा कपुरबीच बैंकको मालिक को हुने भन्ने बिषयमा बिबाद बढ्न थाल्यो । मधु आफ्नी छोरीलाई बैंकको बोर्डमा राख्न चाहन्थिन् ।
पारिवारिक कारण
सन् २०११ मा अशोकको निधनपछि कपुर परिवारमा कलह शुरु भएको हो । अशोककी श्रीमती मधु छोरी सगुनलाई बैंकको बोर्डमा राख्न चाहन्थिन् । यो बिषयमा बिबाद भएपछि मुद्दा मुम्बई अदालतसम्म पुग्यो । तर, फैसला भने राणा कपुर पक्षको भयो । त्यसपछि केहि सयमका लागि यो युद्धमा बिराम लाग्यो र रणवीर गिललाई बैंकको प्रवन्ध निर्देशकमा नियुक्त गरियो । यहि समयमा कर्पोरेट गभर्नेन्सको सम्झौता सार्वजनिक भएपछि बैंक कर्जाको भुमरीमा आइपुग्यो । विस्तारै विस्तारै समय परिवर्तन हुदै गयो र बैंकका संस्थापकहरुले आफ्नो हिस्सा बिक्री गर्न शुरु गरे ।
राणा कपुरले पनि बिक्री गरे सेयर
राणा कपुर आफ्नो बैंकको सेयरलाई हिरा मोतीसँग तुलना गर्दै कहिले बेच्न चाहदैन थे । तर, अक्टुबर २०१९ मा यस्तो समय आयो जसले गर्दा राणा कपुरले आफ्नो समुहको सेयर हिस्सा ४.७२ प्रतिशतमा सीमित हुन पुग्यो । ३ अक्टोबरमा सिनियर ग्रुप प्रसिडेन्ट मोंगाले राजिनामा दिएर सेम्टेम्बरमा आफ्नो हिस्सामा रहेको सेयर बिक्री गरेका थिए ।
कर्पोरेट ग्राहकले डुबायो
यस बैंकको खुद्रा भन्दा पनि बढी कर्पोरेट ग्राहक छन् । यस बैंकले जुन कम्पनीहरुलाई कर्जा दिएको छ । ती कर्पोरेट हाउस अधिकांश नोक्सानमा छन् । त्यस्ता कम्पनीहरु टाट पल्टिने अवस्थामा पनि छन् । जसले गर्दा कर्जा फिर्ता पाउने सम्भावना न्यून देखिन्छ । कर्जा उपलब्ध गराएका कम्पनी नै डुब्न थालेपछि स्वाभाविक रुपमा बैंकको अवस्था पनि नाजुक हुन लाग्यो ।
बैंकलाई यसरी लाग्यो एक पछि अर्को झट्का
यस बैंकलाई जब संकट आइलाग्न थाल्यो बैंकका सहसंस्थापक राणा कपुलाई पदबाट निस्काशन गरियो । भारतीय रिजर्व बैंक (आरबीआई) का अनुसार उनले व्यालेन्ससिट सम्बन्धि वास्तविक जानकारी उपलब्ध गराएका थिएनन् । सोहि कारण ३१ जनवरीमा उनलाई पदबाट हट्न भनिएको थियो ।
यस बैंकलाई जरिवाना
आरबीआईले यस बैंकलाई १ करोड भारु जरिवानको कारबाही गरेका थियो । बैंकले म्यासेजिङ स्विफ्ट सफ्टवयरको नियमको पालना नगरको आरोपमा कारबाही गरेको थियो । यो सफ्टवयरको प्रयोग बैंकले लेनदेनका लागि गर्छ ।
रेटिंग घट्यो
यसपछि क्यूआइबीको माध्यमबाट रकम जुटाउने लक्ष्यमा बैंक पुग्न सकेन । अगस्त २०१९ मा मुडिजले यस बैंकको रेटिंग घटाइदियो जसले गर्दा अधिकतम रेटिंग एजेन्सिहरु आश्वस्त हुन सकेनन् । रेटिंग घटेपछि बैंकको हालत झन् खराब हुन थाल्यो ।
मार्केट क्याप
सेम्टेम्बर २०१८ मा यस बैंकको मार्केट क्याप ८ खर्ब भारतीय रुपैयाँ बराबार थियो । अहिल यसमा ९० प्रतिशतभन्दा पनि बढी कमी आएको छ । अगष्ट २०१८ मा बैंकको सेयर मूल्य करिब ४०० भारतीय रुपैयाँ थियो । तर, अहिले १८ रुपैयाँको आसपास मुल्यांकन भइरहेको छ । अहिले बैंकको सेयर ५० प्रतिशत भन्दा पनि कममा कारोबार भइरहेको छ ।
भारतमा बैंकको सञ्जाल
यस भारतको चौथो ठुलो निजी बैंकको सञ्जाल पुरै देशभरी छ । यसको केन्द्रिय कार्यालय मुम्बईमा छ । बैंकको सञ्जाल पनि धेरै नै ठूलो छ । भारतभर बैंकको १ हजार भन्दा बढी शाखा कार्यालय तथा १ हजार ८०० भन्दा बढी एटिएम सञ्चालनमा छन् । यस बैंकले महिला स्पेशल ब्रान्च पनि सञ्चालनमा ल्याएको छ । जसलाई ‘यस ग्रेस ब्रान्च’ नामाकरण गरिएको छ । यसका महिलाहरुका लागि विशेष प्रोडक्टहरु सञ्चालनमा ल्याइएको छ । यसको फरक विशेषता भनेको बैंकका सम्पूर्ण कर्मचारी महिला मात्रै हुनु हो । यसका साथै भारतभर ३० भन्दा बढी ‘यस एसएमई ब्रान्च’ पनि छ । जसले एसएमई स्पेशल सेवा दिने गर्छ ।
के भन्छ वित्त मन्त्रालय ?
भारतको वित्त मन्त्रालयले बिहिबार ५ मार्च २०२० देखि ३ अप्रिलसम्म बैंकको निक्षेपकर्ताहरुलाई प्रतिबन्ध लगाएको छ । बैंकबाट निक्षेप निकाल्ने मापदण्ड सहित बैंकको धेरै कारोबारमा प्रतिबन्ध लगाएको छ । यो पुरै अवधिभर बैंकका खातावालहरुले ५० हजार रुपैयाँभन्दा बढी बैंकबाट निकाल्न नपाउने भएका छन् ।
यो सुचना रिजर्भ बैंकको आवदेनबाट नै जारी गरिएको हो । त्यस्तै खातावालको बैंकमा एक भन्दा बढी खाता भएपनि सबै मिलाएर ५० हजार भारुसम्म मात्र निक्षेप निकाल्न पाइनेछ । सुचना अनुसार यदि कुनै खातावालले बैंकबाट कर्जा लिएको छ या बैंकलाइ भुक्तानी गर्नुपर्ने भएमा सो रकम घटाएर मात्र निक्षेपबाट रकम निकाल्न पाइने छ ।
अब के गर्छ आरबीआई ?
धेरै प्रतिबन्धकाबीच अब आरबीआई ‘यस बैंक’ को बहिखाता, सम्पत्तिको मुल्यांकन गर्नेछ । तयसपछि के गर्ने भन्ने बिषयमा निर्णय हुनेछ । आशा छ ३० दिनभित्र देशको चौथो ठूलो निजी बैंकलाई कसैले प्राप्ती गर्ने या मर्जर गर्ने भन्ने निर्णय हुनेछ । यसैबीच, आरबीआईका गभर्नर शक्तिनाथ दासले यस बैंक समस्या आए पनि जनताले चिन्ता लिनु नपर्ने दोहर्याएका छन । उनले स्किम ल्याउने जानकारी दिएका छन । आरबीआईले बैंकलाई अघि बढाउन तत्काल काम सुरु गर्ने दासले बताएका छन ।