नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाइरहेको छ । यसको उद्घाटन पनि भइसकेको छ । तर, यही बेला नेपाल उडान भरेका अन्तर्राष्ट्रिय एयरलाइन्सले हवाई इन्धन मह“गो भएको भन्दै उडान बन्द गर्ने चेतावनी दिइरहेका छन् ।
२०७६ साउन २४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसामु टर्किस एअरलाइन्सका प्रबन्ध निर्देशक अब्दुल्ला टुयुन्सर क्यासीसीले हवाई इन्धनको मूल्य नघटाए नेपालको उडान चाँडै स्थगन गर्ने चेतावनी दिए ।
युरोपलाई नेपाल जोड्ने एक मात्र एयरलाइन्स टर्किसले दिएको त्यो धम्कीपछि नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले हवाई इन्धन मह“गो भएको भनेर आवाज मुखरित हुन थालेको छ । टर्किस एयरलाइन्सले मात्रै होइन, नेपालमा हवाई भाडाको अवस्था अध्ययन गर्न गठित कार्यदलले पनि हवाई इन्धनको मूल्य घटाउन सुझाएको थियो ।
पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा बनाएको कार्यदलले गत मंसिर २० गते बुझाएको प्रतिवेदनमा अन्तरमन्त्रालय स्तरमा समन्वय गरी भ्रमण वर्ष–२०२० मा सकारात्मक सन्देश प्रवाह गर्न अन्तर्राष्ट्रिय एयरलाइन्सले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन पर्यटन मन्त्रालयलाई सुझाव दिएको छ ।
निगमले आन्तरिक एयरलाइन्सलाई प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा र विदेशी एयरलाइन्सलाई एक अमेरिकी डलर (२०७६ पुस २५ मा १ सय १३ रुपैयाँ ६४ पैसा) तोकेको छ । नेपालमा बिक्री हुने हवाई इन्धमा विभेद हुँदा अन्तर्राष्ट्रिय उडान महँगो सावित हुँदै आएको छ
तर, अझै यसको सुनुवाइ भएको छैन । बरु नेपाल आयल निगमले हवाई इन्धनमा चर्को मूल्य लिने र त्यसबाट आएको बढी पैसा सर्वसाधारणले खाना पकाउने ग्यासमा अनुदान दिँदै आएको छ । निगमले ग्यासमा प्रतिसिलिन्डर १ सय ६२ रुपैयाँ अनुदान दि“दै आएको छ ।
निगमले आन्तरिक एयरलाइन्सलाई प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा र विदेशी एयरलाइन्सलाई एक अमेरिकी डलर (२०७६ पुस २५ मा १ सय १३ रुपैयाँ ६४ पैसा) तोकेको छ । नेपालमा बिक्री हुने हवाई इन्धमा विभेद हुँदा अन्तर्राष्ट्रिय उडान महँगो सावित हुँदै आएको छ ।
लामो समयदेखि युरोपियन युनियन (ईयु) ले नेपाली वायुसेवा कम्पनिलाई कालोसूचीमा राखेपछि युरोपका एयरलाइन्सहरु नेपाल उडान भर्न मानिरहेका छैनन् भने नेपाली जहाज युरोपमा जान सकेका छैनन् । युरोपबाट टर्किसले मात्रै सीधा काठमाडौ“ उडान गरेका कारण धेरै युरोपेली नेपाल आउन सकेका छैनन् ।
युरोपबाट काम विशेषले आउने व्यक्ति अन्य मुलुक वा अन्य रुट हुँदै नेपाल आइपुग्छन् । आफ्नो सीधै रुट नभई अन्य मुलुक भएर नेपाल आउनुपर्दा युरोपेलीलाई लागत बढी पर्ने हुँदा नेपाल आउन हच्किने गरेका हुन् । युरोपेलीहरु विश्वमै बढी खर्च गर्नेमा पर्छन् । नेपालमा २० लाख पर्यटक ल्याउने गरी सुरु गरिएको भ्रमण वर्षमा युरोपेलीको सहज प्रवेशबिना पूरा हुन असम्भवजस्तै छ । यद्यपि सस्ता पर्यटकबाट नेपालले संख्या मापनको आधार पूरा गर्न भने सक्छ ।
एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनु, पार्किङको क्षमता कम हुनु र अति विशिष्ठ व्यक्ति (भीभीआईपी) हरुको यात्रा तथा मौसमी गडबडीका कारण घन्टौ“सम्म जहाज आकाशमै होल्ड हुँदा एयरलाइन्सहरु झनै समस्या पर्ने गरेका छन् ।
आकाशमा लामो समय जहाज होल्ड गर्नुपर्ने परिस्थिति र पार्किङ स्थल अभावका कारण कतिपय समय नजिकको अन्तर्राष्ट्रिय उडान गन्तव्यमा पार्किङका लागि जानुपर्दा एयरलाइन्सलाई झनै मह“गो बनाउने गरेको छ । एयरलाइन्सहरुले यी सबै क्षेत्रमा प्रयोग हुने औसत खर्चलाई यात्रु भाडामा थप गर्ने भएकाले पनि यात्रु मह“गो भाडा तिर्न बाध्य छन् ।
पर्यटन व्यवसायीका अनुसार नेपालको हवाई भाडा दक्षिण एसियाकै मह“गो हो । सोही कारण धेरै पर्यटक नेपाल आउन चाहेर पनि अनकनाउने गरेका छन् । सकेसम्म नेपाल आउने पर्यटक अन्य नजिक र रमणीय स्थल खोज्दै जाने गरेको पाइन्छ । नेपालको इन्धन मह“गो भएपछि नेपाल आउने अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले सकेसम्म उतै इन्धन भरेर आउने र खाली हुने औसत सिटको भाडासमेत जोडी यात्रुसँग असुल्ने गरेका छन् ।
पर्यटनमन्त्री भट्टराई हवाई भाडा महँगो हुनुमा हवाई इन्धनको मूल्य अत्यधिक भएर मात्र नभई थोरै एयरलाइन्सको उडान प्रमुख कारण भएको बताउँछन् । ‘थोरै एयरलाइन्स भएकाले भाडामा प्रतिस्पर्धा हुन सकेन र एकल उडानमा मनमौजी स्थिति पैदा भयो’, मन्त्री भट्टराईले भने, ‘नयाँ एयरलाइन्सहरुलाई नेपाल भिœयाउन नेपाल लागिपरेको छ ।’
हवाई भाडा महँगो भएको विषयमा नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुले पनि पर्यटन मन्त्रीलाई पटक–पटक सुझाउँदै आएका छन् । उनीहरुले हरेकजसो पर्यटनमन्त्रीसँगको भेटमा हवाई भाडा मह“गो भएकै कारण आफ्ना देशका पर्यटक मारमा परेको गुनासो राख्दै आएका छन् ।
हवाई भाडा घटाउने र बढाउने अधिकार सरकारसँग नभएकाले सम्बन्धित पक्षसँग छलफल गरी इन्धनको मूल्य समायोजनका लागि पहल गर्ने उनले बताए । इन्धनको मूल्य समायोजन भएपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले भाडा घटाउने अपेक्षा गरिएको उनले सुनाए । ‘हवाई इन्धनको विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग छिट्टै छलफल गरी निष्कर्षमा पुग्नेछु,’ मन्त्री भट्टराईले भने ।
हवाई भाडा महँगो भएको विषयमा नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुले पनि पर्यटन मन्त्रीलाई पटक–पटक सुझाउँदै आएका छन् । उनीहरुले हरेकजसो पर्यटनमन्त्रीसँगको भेटमा हवाई भाडा मह“गो भएकै कारण आफ्ना देशका पर्यटक मारमा परेको गुनासो राख्दै आएका छन् ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि एयरलाइन्सबीच प्रतिस्पर्धा हुने विश्वास पर्यटन मन्त्रालयको छ । अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टाबाट २४ सै घन्टा उडान गर्ने तयारी गरिरहेको छ । राती उडान र अवतरण गर्ने एयरलाइन्सलाई प्रभावित बनाउन विशेष छूट दिने योजना मन्त्रालयको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका निर्वतमान अध्यक्ष नवराज दाहालले हवाई इन्धनलाई लिएर नेपालमा उडान गर्ने युरोपको एक मात्र टर्किस एयरलाइन्सले उडान बन्द गर्ने चेतावनी दिनु गम्भीर भएको बताए । ‘यस विषयमा सरकार गम्भीर हुनुपर्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको हो भने अन्तर्राष्ट्रिय उडान धेरैभन्दा धेरै नेपाल आउने वातावरण बनाउनु सरकारको पहिलो कर्तव्य हो ।’
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रचण्डमान श्रेष्ठका अनुसार नेपाल आउने पर्यटकले भ्रमणका लागि छुट्याइएको बजेटको करिब ६० प्रतिशत रकम हवाई भाडामा खर्च हुने गरेको छ । ‘पर्यटकको धेरै रकम हवाई भाडामा खर्च हुने भएकाले नेपालको बसाइ अवधि र खर्च गर्ने दर कम भएको देखिन्छ,’ श्रेष्ठले भने, ‘यसले धेरै पर्यटक नेपालमा आउन चाहे पनि आउन सकिरहेका छैनन् ।’
हवाई भाडा महँगो बनाउने अर्को कारण– ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्क हो । ग्राउन्ड ह्यान्डलिङ शुल्क नेपालमा छिमेकी भारतमा भन्दा दोब्बर छ । ग्राउन्ड ह्यान्डलिङको काम नेपाल वायुसेवा निगमले गर्दै आएको छ ।
भारतमा धेरै कम्पनीले ग्राउन्ड ह्यान्डलिङको काम गर्छन् । नेपालमा भने नेपाल वायुसेवा निगमको एकाधिकार छ । ग्राउन्ड ह्यान्डलिङमा प्रतिस्पर्धा नगरी सरकारी स्वामित्वको निगमले शुल्क उठाउँदा मह“गो पर्न गएको र त्यसको असर पनि अन्तर्राष्ट्रिय उडानको यात्रु भाडामा जोडिने गरेको एयरलाइन्सका प्रतिनिधिको दाबी छ ।
वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल हवाई इन्धनको मूल्य मह“गो भएकै कारण हवाई भाडा मह“गो भएको र त्यसबारे विभिन्न समयका पर्यटनमन्त्रीलाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ हुन नसकेको बताउँछन् । ‘हवाई भाडा मह“गो हुनुको मुख्य कारण नै इन्धनको मूल्य हो,’ प्रवक्ता कँडेलले भने, ‘सरकारले इन्धनको मूल्य घटाए हामी भाडा समायोजन गर्न तयार छौ“ ।’
एयरलाइन्सले तौलका आधारमा उडान भर्ने गर्छन् । बढी इन्धन भर्नुपर्दा सिट खाली राख्ने र कतिपय बेला ‘लगेज’ हरु पनि छाडेर आउने गर्छन् । बेलाबेला अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले तपाईंको लगेज छुटेछ भन्नुको कारण बुझे हुन्छ, त्यसबेला एयरलाइन्सले इन्धनलाई बढी महङ्खव दिएको ।
हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक वीरेन्द्र देउजाले धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले सिट खाली राखेर फर्किंदा पनि गन्तव्यमा पुग्न सक्ने गरी इन्धन लिएर आउने गरेको बताए । इन्धनको मूल्य मह“गो भएकोबारे धेरै पहिलादेखि आवाज उठिरहे पनि सरकारले इन्धनको मूल्य घटाउन कुनै पहल नगरेको देउजाको कथन छ । तत्कालै हवाई भाडा घट्ने गरी इन्धनको मूल्य घटाई पर्यटक वृद्धि गर्नेतर्फ सरकारले निर्णय लिन आवश्यक रहेको उनले बताए ।
कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिएर वा अभावको लाभ उठाई वस्तु बिक्री गरी अनुचित नाफा लिएको स्थितिमा त्यस्तो व्यक्ति तथा संस्था प्रमुखलाई १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था छ ।
कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कोही कसैले पनि आफ्नो वस्तु तथा सेवामा २० प्रतिशतभन्दा नाफा राख्न पाइँदैन । तर, एकाधिकारप्राप्त सरकारी स्वामित्वको नेपाल आयल निगमले हवाई इन्धनमा ४२ प्रतिशतसम्म नाफा राखेको छ ।
कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिएर वा अभावको लाभ उठाई वस्तु बिक्री गरी अनुचित नाफा लिएको स्थितिमा त्यस्तो व्यक्ति तथा संस्था प्रमुखलाई १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था छ ।
तर, सोही ऐनले नेपाल सरकारले तोकेको मूल्यका हकमा ऐन आकर्षित नहुने व्यवस्था गरेको छ । आयल निगमले तोकेको मूल्यलाई सरकारी निर्णयसरह कार्यान्वयन गरि“दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य उच्च रहँदै आएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले हवाई इन्धनमा प्रतिब्यारेल ५० डलर घटाइसकेको जानकारी दिए । निगमले गत असोज ३ गते हवाई इन्धनको मूल्य घटाएको थियो । ‘निगमले हवाई इन्धनमा ५० डलर घटाउँदा पनि एयरलाइन्सहरुले हवाई भाडा घटाएका छैनन्,’ अर्यालले भने, ‘अब एयरलाइन्सहरुले भाडा नघटाएसम्म मूल्य घट्दैन ।’
भारतको तुलनामा ३ सय डलर महँगो इन्धन
भारतमा हवाई इन्धनको मूल्य ७ सय डलर प्रतिब्यारेल रहेको छ भने नेपालमा १ हजार डलर । आयल निगमले भारतबाट हवाई इन्धन ल्याउँदा पुस १६ गतेको रक्सौलको मूल्य प्रतिलिटर ६१ रुपैयाँ २ पैसा पर्छ ।
नेपाल भित्रिँदा विभिन्न कर तथा शुल्क र नाफासमेत जोडेर निगमले अन्तर्राष्ट्रिय जहाजलाई १ सय १३ रुपैयाँ ९२ पैसा (१ अमेरिकी डलर) प्रतिलिटर र आन्तरिक जहाजलाई ९४ रुपैयाँ ५० पैसा प्रतिलिटरमा बिक्री गर्छ । यसो गर्दा निगमलाई इन्धन बिक्रीबापत अन्तर्राष्ट्रिय जहाजबाट ४२ रुपैया“ ३४ पैसा र आन्तरिक जहाजबाट १० रुपैयाँ २७ पैसा नाफा हुन्छ । निगमले नाफासहित ८ सय ५० डलर प्रतिब्यारेलमा हवाई इन्धन बिक्री गर्दा पनि राम्रो नाफा हुने विश्लेषकको भनाइ छ ।
ग्राउन्ड ह्यान्डलिङको शुल्क चर्को
जहाजले विमानस्थल प्रयोग गरे (ग्राउन्ड ह्यान्डलिङ) बापत न्यारोबडी जहाजले १ घन्टाका लागि करसहित २ हजार १ सय डलर र वाइडबडी जहाजले १ घन्टा ३० मिनेटका लागि ३ हजार ८ सय डलर तिर्छन् ।
निगमका प्रवक्ता गणेश चन्दका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजले लिने सेवा, क्षमता, कार्गो, बिरामी यात्रु भएको र त्यसअनुरुप सेवा लिएको अवस्थामा ग्राउन्ड ह्यान्डलिङ रकम तलमाथि हुने गरेको छ । तोकिएको समयभन्दा बढी समय विमानस्थल प्रयोग गरे ‘चार्ज’ बढ्दै जाने निगमले जनाएको छ ।
भारतमा त्यही प्रकृतिको जहाजबाट विमानस्थल प्रयोग गर्दा १ हजार डलरभन्दा कम तिर्नुपर्छ । ग्राउन्ड ह्यान्डलिङबाट उठेको रकमको १२ प्रतिशत प्राधिकरणलाई बुझाउनुपर्छ ।
क्यापिटल बिजनेश म्यागजिनबाट