काठमाडौं । नियामक निकाय दुरसञ्चार प्राधिकरणले निर्देशन दिएको डेढ बर्ष बित्दा पनि टेलिकम सेवा प्रदायकले ‘सिआरबिटी’ र ‘पिआरबिटी’ अटो रिन्यु बन्द गरेका छैनन् । प्राधिकरणले कडाई नगर्दा कलर रिङ ब्याक टोन (सिआरबीटी) तथा पर्सनल रिङ् ब्याक टोन(पिआरबीटी)मा अटो रिन्यूले उपभोक्ता ठगिन बाध्य भएका भएका छन् ।
अहिले टेलिकम र एनसेलले नेपालमा उक्त सेवा दिदै आएका छन् । टेलिकमले सिआरबीटी सेवामा टोनको १० रुपैयाँ र सेवा शुल्कबापत मासिक २० रुपैयाँ लिदैं आएको छ भने एनसेलले मासिक २५ रुपैयाँ लिर्दै आएको छ । असोज मसान्तसम्म टेलिकमको मोबाइल ग्राहक २ करोड ३४ लाख र एनसेलको १ करोड ६८ लाख ग्राहक छन् ।
सिआरबीटी–पीआरबीटी सेवाको समय सकिन लाग्दा टेलिकम कम्पनीले म्यासेजमार्फत जानकारी दिएपनि ग्राहकले कुनै रेन्पोन्स नगर्दा स्वीकृती बिना नै सेवा रिन्यू हुने सेवा प्रदायकहरु बताउछन् । तर, सेवाग्राहीहरु भने म्यासेज नआउँने र आफै पैसाँ काट्ने समस्याबाट हैरान छन् ।
यस्ता समस्यााबाट ठगिन बाध्य भएका सेवाग्राहीहरुले प्राधिकरणमा उजुरी पनि दिएका छन् । उजुरी अनुसार कारवाही प्रक्रिया अगाडी बढाइसकेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउछन् । उनका अनुसार सेवा प्रदायकलाई अटो रिन्यू बन्द गर्न पत्र पठाइएको छ । तर, सो पत्रको निर्देशन मान्यो÷मानेन भन्ने बिष्माय प्राधिकरणले फलोअप समेत गरेको छैन् ।
उपभोक्ताको गुनासको पछि प्राधिकरणले २०७५ भदौमा अटो रिन्यु सिस्टम तत्काल बन्द गर्नपहिलो पटक निर्देशन सहित टेलिकम कम्पनीहरुलाई पत्र पठायो । तर, दुबै कम्पनीले प्राधिकरणको निर्देशनलाई गम्भीर रुपमा लिएनन् । पुनः गत साउनमा प्राधिकरणल निर्देशन सहित पत्र पठाएर ताकेता ग¥यो ।
प्राधिकरणको दोस्रो निर्देशनलाई पनि सेवाप्रदायकले लत्याएर उपभोक्ता ठगिलाई निरन्तरता दिइरहेका छन् । तर, प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनालले भने अटो रिन्यूबाट ठगि भएको र उपभोक्ताको गुनासोका सम्बन्धमा जानकारी नभएको बताउछन् । उपभोक्ता ठगीएको बिषयमा प्राधिकरण किन लचिलोभ भन्ने प्रश्नमा उनि बोल्न चाहेनन् ।
यता नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले तत्काल अटो रिन्यू बन्द नगर्ने बताउछन् । ‘कोहि ग्राहक अटो रिन्यू गर्ला भनेर बसेका हुन्छन् भने महिनै पिछे अटो रिन्यु गर्नेहरुपनि छन्’ उनले भनिन् ‘हामीले दुबै पक्षलाई हेर्नु पर्छ ।'
नियामक निकायको उद्देश्य ग्राहकहरुलाई थाहा नभइ अटो रिन्यू नर्गनु भन्ने हो तर, प्राधिकरणको निर्देशन सम्मान गर्दै सेवाग्राहीलाई फाइदा पुग्ने गरी अगाडी बढ्ने प्रवक्ता बैद्यको भनाई छ । उनका अनुसार नेपालमा सिआरबीटी पिआरबीट सेवा लिने सबै ग्राहक अटो रिन्यू गर्न सक्षम र शिक्षित छैनन् सोहि कारण सेवालाई सहि ढङ्गबाट उपयोग गर्न सक्दैनन् ।
ग्राहकलाई बुझ्ने भाषामा जानकारी नदिदा पनि सेवाप्रदायकले आफुखुसि महिनैपिछे अटो रिन्यू हुँदा ग्राहक ठगिने गरेको एक दूरसञ्चार क्षेत्रका अधिकारीले बताए । सेवाप्रदायकले दिदैआएको सम्पूर्ण भ्यालु एडेड् सर्भिस (भ्यास) लाग्ने सेवा सुचारु गर्दा अथवा तथा प्रचार गर्दा ग्राहकले बुझ्ने भाषामा गनुपर्ने भनि ०६९ मा कार्यविधि तयार पारेर पास गरेको थियो ।
तर, प्राधिकरणको कार्यविधि अनुसार कुनैपनि सेवाप्रदायकले सहि ढङ्गबाट सेवा दिएका छैनन् ।
याे पनि पढ्नुहाेस
सीआरबीटी–पीआरबीटी सेवामा ‘अटो रिन्यू’ले हैरान उपभोक्ता, प्राधिकरणको निर्देशन बेवास्ता गर्दै सेवाप्रदायक