काठमाडौं । सात नेपाली यूवाहरुले डिजाइन तथा उत्पादन गरेको इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ नेपालमा पहिलो पटक बिहिबार सार्बजनिक गरिएको छ । ६ जना इन्जिनियरसहितको टोलीले सन् २०१७ बाट काम शुरु गरेर दुई बर्षमा मोटरसाइकल तयार भएको यात्री मोटरसाइकलका संस्थापक असिम पाण्डेले बताए । ‘नेपाली ब्राण्डलाई सस्तो र न्यून गुणस्तर मान्ने परम्परागत दृष्टिकोणलाई तोड्न हामी आएका हाै ’उनले भने ‘राम्रो बस्तु चाहनेहरुको लागि हामीले वातावरणमैत्री उत्पादन ल्याएका छौ ।’
कम्पनीले पहिलो परियोजना ‘प्रोजेक्ट जिरो’ अन्तरगत नेपाली बजारमा यो मोटरसाइकल ल्याएको हो । मोटरगाडीप्रति रुचि राख्ने अशिम ९३०० ले नेदरल्याण्ड्सको ‘डेलफ्ट युनिभर्सिटी अफ टेक्नोलोजी’ ९टीयू डेलफ्ट० बाट स्नातकोत्तर गरेपछि सुपर कार निर्माता कम्पनी ‘डोंकरभूर्ट’ लगायतमा दुईवर्ष भन्दा बढी काम गरे। ‘डोंकरभूर्ट’ कम्पनीमा काम गर्दा सिकेको ज्ञान समेत सन् २०१७ मा नेपाल फर्केपछि कम्पनी खोल्ने योजनामा लागे ।
सन् २०१८ को जूनमा सातजनाको समूह तयार भएर कम्पनी दर्ता गरियो– ‘यात्री मोटरसाइकल्स्’ । कम्पनीको पहिलो परियोजना ‘प्रोजेक्ट जीरो’ नै हो । ‘यात्री मोटरसाइकल्स्’का संस्थापक पाण्डेले चेसिस डिजाइन गरेका हुन् । जीरो प्रोजेक्टमा मेकानिकल इन्जिनियर कनिष्क सुवाल इन्डस्ट्रियल डिजाइनर हुन् । त्यस्तै मेकानिकल इन्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् । ब्याचलर्स इन कम्प्युटर साइन्स सार्थक शर्मा (पौडेल) एप्लिकेसन डेभलपर हुन् भने इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक इन्जिनियर कृष्ण श्रेष्ठ इलेक्ट्रिक आर्किटेक्चर र
प्रोजेक्ट जिरो साठीको दशक चर्चित क्याफे रेसर डिजाइनबाट प्रभावित रहेको छ । सहरी क्षेत्र र मोर्डन कनेक्टिभिटीका लागि डिजाइन गरिएको यात्री पावरफुल र बोल्ड छ । एक पटकको फुल चार्ज गर्दा २ सय ३० किलोमिटर यात्रा गर्न सकिन्छ । ३० किलोवाट ब्याट्री क्षमता रहेको मोटरसाइकलले ४० हर्सपावर बराबरको काम गर्छ । “पेट्रोलियम बाइकमा २ सय ३० किलोमिटर दूरी पार गर्न सात सय रुपैयाँ बराबरको पेट्रोल लाग्छ तर विद्युतीय मोटरसाइकलमा करीब ७० रुपैयाँले पुग्छ”, पाण्डेले भने ।
यसलाई आधार मान्दा प्रति किलोमिटर साढे दुई रुपैयामा यो मोटरसाइकलमा यात्रा गर्न सकिन्छ । चेसिस डिजाइन, इन्जिनियरिङ्ग, सप्mटेवयर र निर्माणको काम नेपालमा पहिलो पटक मुलुकमै दुई पाङ्गे विद्युतीय मोटरसाइकल निर्माण गरिएको हो । ‘केहिलाई पार्टस्हरु बाहिरबाट ल्याएर नेपालमा एसेम्बल गर्ने मात्र होला भन्ने भ्रम हुन सक्छ तर, हामीले नेपालमा नै हरेक कुराको डिजाइन गरेर अन्तिम रुप दिने हो, मोटरसाइलको हरेक पार्टस् हाम्रो इन्जिनियरिङ्ग र डिजाइनमा हुन्छ,’ पाण्डेले बताए ।
स्टार्टअप कम्पनी भएपनि यात्री मोटरसाइकलस“ग आफ्नै अनुसन्धान र विकासको काम गर्ने टिम छ । पेयर पार्टस्को डिजाइन पनि नेपालमै तयार गरिएको कम्पनीले जनाएको छ । स्पेयर पार्टस् निर्माणका लागि अमेरिका, चीन, भारत र यूरोपेली मुलुकका कम्पनीस“ग सहकार्य गर्ने उनले बताए ।
कार्बन फाइबर प्रयोग गरिएको मोटरसाइकल सुरक्षाको दृष्टिकोणले पनि बलियो मात्रै होइन आकर्षक र हलुका पनि छ ।
पछिल्लो पटक मुलुकमा आयात बढिरहेको हुनाले आफ्नो उत्पादनले व्यापार घाटा पनि कम गर्ने उनको भनाई छ । यस्तो परियोजनालाई सहयोग गर्न सरकारले छुट्टै नीति ल्याउनुपर्ने उनको धारणा छ । नेपालमा नै उत्पादन भएर निर्यातसम्म गर्न सकिने कम्पनीले जनाएको छ ।