मङ्गलबार, असोज १२ २०७८ ०३:४२ PM

×

खाद्य प्रविधिका महानिर्देशक कर्णसहित १३ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर, २४ करोड ८० लाख घोटला 

images

 काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

महानिर्देशक कर्णसहितले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ पटकमा ४ वटा मापदण्ड नपुगेका प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा २४ करोड ८० लाख ९५ हजार रुपैयाँ घोटाला भएको भन्दै अख्तियारले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो ।

मुद्धा दायर हुनेमा विभागका महानिर्देशक कर्ण, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल रहेका छन ।

यस्तै तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल र रेडियन्ट मेडिटेक इन्टरनेशनलका प्रतिनिधि प्रविण कुँवर रहेका छन् ।

बिहीबार ५ असार २०७६ ०९:०८ PM मा प्रकाशित

प्रतिक्रिया