मङ्गलबार, असोज १२ २०७८ ०५:०६ PM

×

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा, व्यवसायलाई देशैभरी पुर्याउने   

images

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । मुक्तिनाथ विकास बैंकलगायत अन्य व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले कम्पनीको स्थापना भएको थियो । 

कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि पेशालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य लिएको छ । साथै समग्र कृषि मुल्य श्रृङ्खलाको अवयवहरुमा काम गर्नेसमेत जनाएको छ । 

हालसम्म कम्पनीले १५ भन्दा बढि जिल्लामा आधिकारिक व्यवसायिक साझेदार निर्माण गरी ५० भन्दा बढि जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको छ । साथै कृषकहरुलाई आधुनिक प्रविधि हस्तान्तरणको लागि तालिम तथा अभियानहरु सञ्चालन गर्दै आएको छ । 

कम्पनीले तेश्रो वार्षिक उत्सवको अवसरमा आर्थिक वर्ष ०७७/०७८ मा उत्कृष्ठ व्यवसायिक साझेदार गर्ने विभिन्न कम्पनी/फर्म/कृषक समुहलाई पुरस्कृत गरेको छ । गणपति एग्रिकल्चर प्रालि, धादिङलाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायी पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट, काठमाडांैलाई उत्कृष्ट कृषक समुह पुरस्कार प्रदान गरिएको छ । 

त्यस्तै कम्पनीको सेवामा रहि उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । 

कम्पनीले गरेका असल कार्यहरुलाई निरन्तरता दिँदै, यसै वर्षदेखि देशभरी व्यवसाय विस्तार गर्नको लागि स्थानिय कम्पनी/फर्म/एग्रोभेट/कृषक समुह/सहकारीहरुसंग संस्थागत सहकार्य गरेको छ ।

त्यस्तै कृषकहरुलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजी र कृषि उपजहरुको बजारीकरणलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्य वस्तुहरु उपलब्ध गराउने दिशामा कम्पनी रहेको छ । 

मङ्गलबार १५ भदौ २०७८ ०६:०२ PM मा प्रकाशित

प्रतिक्रिया