बुधबार, कात्तिक ३ २०७८ ०९:३२ AM

×
images

काठमाडौंमा थारु महिलाहरुले जितिया पर्व मनाउँदै (फोटोफिचर)    

काठमाडौं । सांस्कृतिक सम्पदाहरूको धनी थारु समुदायले शिरुवादेखि फगुवासम्म अर्थात वैशाखदेखि चैतसम्म बाह्रै महिना प्रकृतिलाई आधार बनाएर आफ्नो सांस्कृतिक चाडबाडहरु मनाउँदै आएका छन्।

तराई–मधेसको पर्वहरु शिरुवा, अखारही, रैब, जितियालगायतका निष्ठापूर्वक मनाइने पर्वहरु परिवारको कल्याण, आरोग्य, सुख–समृद्धि, सन्तानको दीर्घायुको कामनासहित मनाउने गरिन्छ । 

यी पर्वहरुले लोकसँग साइनो गाँसेर जुन पक्षको संरक्षण र सम्मान स्थापित गरेका छन्। यसले मूलतः समाज र लोकहितकै पक्षमा महत्वपूर्ण योगदान मात्रै गरेका छैनन् संस्कृतिको पहिचान र संस्कृतिको प्रतिधिनित्व कायम गरिरहेका छन् ।

 जितिया तराईका पश्चिम नवलपरासीदेखि पूर्व झापासम्मका थारु महिलाका साथै गैरथारु महिलाहरु (मधेसी, दलितलगायत अन्य) पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरेका छन् । काठमाडौंमा भने थारु महिलाहरुले दुई ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन् ।

बिहीबार १४ असोज २०७८ ०२:०९ AM मा प्रकाशित

प्रतिक्रिया