सोमबार, माघ ३ २०७८ १०:०७ AM

×
images

चन्द्रागिरिलाई हिउँले छपक्कै छोप्यो (फोटोफिचर)

काठमाडौं । बुधबार बिहानदेखि वर्षा सुरु भएपछि देशका पहाडी क्षेत्रमा हिमपात हुन थालेको छ । राजधानी काठमाडौंलगायत देशका उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।

राजधानीको चन्द्रागिरि हिउँले पूरै ढाकेको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो हिमपात हो । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

 

बुधबार १४ पुस २०७८ ०८:३४ AM मा प्रकाशित

प्रतिक्रिया