बिहीबार, मंसिर १६ २०७८ ०८:४१ PM

×

गृहमन्त्री बालकृष्ण खाँण बने कार्यवाहक प्रधानमन्त्री 

images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन्। प्रधानमन्त्री देउवा जलवायु परिवर्तन सम्बन्धि कोप २६ सम्मेलनमा भाग लिन आज बेलायत जाँदैछन्। प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री दिने चलन छ। यसपालि प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नै नियुक्त गरेका छैनन्।

शुक्रबार​ १२ कात्तिक २०७८ १०:३७ AM मा प्रकाशित

प्रतिक्रिया