×

नबिलले पायो  एनबी बैंकलाई गाभ्न राष्ट्र बैंकबाट स्वीकृति

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्न अन्तिम स्वीकृति प्रदान गरेको छ। 

बुधबार बिहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले एनबी बैंकलाई गाभ्नका लागि नबिल बैंकलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

आज राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएपछि अब कम्पनी रजिस्ट्रारको स्वीकृति लिएर दुई बैंकले एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढाउने छन्।

नबिल बैंकले एनबी बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना हुनेछन् । दुइ बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।

बुधबार १५ असार २०७९ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया