×

दोहोरो अंकले बढ्यो बजार, इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार 

images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९ सय ६२.७१ बिन्दुमा पुगेको हो । 

आज १९ सय २५ बिन्दुमा खुलेको बजार उतारचढाव खेप्दै १९६३.७७ बिन्दुमा पुगेर बन्द भएको छ । 

बढेको बजारमा १ अर्ब ४३ करोड रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएकोे थियो । 

आज नेप्से परिसूचकसँगै कारोबार बढेको छ । उच्च अंकले बढेको बजारमा कारोबार बढ्नु राम्रो संकेत होइन । 

तर, बढेको बजारमा कारोबार रकम घट्नुलाई पछिल्लो कारोबारका लागि सकारात्मक मानिन्छ । बजार बढेर कारोबार घट्दा बजारमा डिमान्ड रहेको आँकलन गरिन्छ । 

बजारमा डिमान्ड धेरै छ । तर, बिक्रेता छैनन् भने बजार बढ्ने निश्चय हुन्छ । 

मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि ३९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । 

आज नेप्सेमा २२८ कम्पनीको ४३ लाख ८६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यसदिन आँधीखोला र सीवाईसी नेपाल लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै वरुण हाइड्रोपावर र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य उच्च दरले बढेको छ । 

त्यस्तै १२ कम्पनीको सेयमूल्यमा सामान्य गिरावट आएको छ । 

आज नेप्सेमा न्याङ्दी ग्रुप पावरको सर्वाधिक ५ करोड ४२ लाखको कारोबार भएको छ । त्यस्तै एसियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख र नेपाल पुनर्बिमा कम्पनीको ४ करोड ७० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
 

बुधबार १५ असार २०७९ ०३:५१ PM मा प्रकाशित

प्रतिक्रिया