×

कमभन्दा कम वातावरणीय क्षतिमा मात्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न परमादेश

images

काठमाडौं । कमभन्दा कम वातावरणीय क्षतिमा मात्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सर्वोच्च अदालतले परमादेश  जारी गरेको छ ।

सर्वोच्चले बुधवार यस अघि गरेको फैसलाको पूर्णपाठक सार्वजनिक गर्दै वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) गराएर मात्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न परमादेश जारी गरेको हो । 

 फैसलामा फरक राय दिने दुई न्यायाधीश हरिकृष्ण कार्की र मनोजकुमार शर्माले भने निजगढमा नै कम वातावरणीय क्षति हुने गरी बनाउनुपर्ने उल्लेख गरेको भएपनि  तीन जना न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतले भने ठाउँकोबारेमा केही बोलेका छैनन् । 

न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्मा संलग्न पाँच सदस्यीय बृहत् पूर्ण इजलासले गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धि मुद्दाको फैसला सर्वोच्चले सार्वजनिक गरेको हो ।

सरकारले विमानस्थल निर्माणको कार्य अगाडि बढाउने भएपछि सार्वजनिक सरोकारको निवेदनमार्फत वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रन्जुहजुर पाँडे क्षत्रीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । बहुमतको फैसला कार्यान्वयन हुनेछ ।

बुधबार १५ असार २०७९ ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया