×

गभर्नर अधिकारीले गरे दक्षिण–पूर्व एसियाका गभर्नरहरूसँग छलफल 

images

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतीय रिजर्ब बैंकलगायत दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नरहरुसँग छलफल गरेका छन् । 

गभर्नर अधिकारीले केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी विश्व अनुभवका बारेमा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुसँग छलफल गरेका हुन् । 

जेठ ११ र १२ गते स्विट्जरल्यान्डको बासेलमा आयोजित ‘द बैंक फर इन्टरनेसनल सेटलमेन्ट ‘बिआईएस’ को ९२ औं वार्षिक साधारणसभामा सहभागी दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नरहरुसँग पछिल्लो समयमा विश्वव्यापी रुपमा बढेको मुद्रास्फीतिका कारण संसारभरका केन्द्रीय बैंकलाई परेको दबाब बारेमा छलफल भएको जनाएका छन् । 

अधिकारीले विगतका आर्थिक एवं वित्तीय संकटको अनुभवबाट पाठ सिक्दै बढ्दो मुद्रास्फीतिलाई समयमै नियन्त्रण गर्ने गरी नीतिगत व्यवस्था अवलम्बन गर्न केन्द्रीय बैंकहरुलाई सुझावसमेत दिएका हुन् । 

बुधबार १५ असार २०७९ ०५:५२ PM मा प्रकाशित

प्रतिक्रिया