×

एनएमबी बैंक र ट्रेकिङ एसोसिएनबीच सम्झौता, डिजिटल भुक्तानीमा सहजता

images

काठमाडौं । एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)को बीच डिजिटल सेवालाई प्राथमिकता दिनका लागि सम्झौता भएको छ । 

उक्त समझदारी २०७९ असार ९ गते बिहीबार  सम्पन्न भएको हो । उक्त सम्झौताका लागि बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुबबहादुर सुबेदीबीच समझदारी पत्र हस्तान्तरण भएको छ ।

उक्त समझदारी पत्रमार्फत टानका सदस्यहरूले एनएमबी बैंकको डिजिटल सेवाहरू सजिलै उपभोग गर्न सक्नेछन् । एनएमबी बैंकले डिजिटल सेवाहरू वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरू प्राथमिकताको साथ प्रवाह गर्दै आइरहेको छ । 

यी सेवाहरूले गर्दा टानका सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबी बैंकले ग्राहकहरूलाई डिजिटल कारोबारहरूको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरू सञ्चालन गर्दै आएको छ ।

एनएमबी बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फतसेवा प्रदान गर्दै आइरहेको छ । 
 

बुधबार १५ असार २०७९ ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया