बुधबार, साउन १३ २०७८ ११:१६ AM

×

प्रदेश २ को सिँचाइका लागि सुनकोसी मरिन टनेलका लागि २ अर्ब ४६ करोड

images

२ नम्बर प्रदेशका सबै जिल्लाहरूमा सिँचाइको व्यवस्थापन गर्नका लागि सुनकोसी मरिन परियोजना निर्माणका लागि सरकारले २ अर्ब ४६ करोड रुपैयाँ छुटयाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।  धनुषा, महोत्तरी, सिराहा, सर्लाहीसहित आठवटै जिल्लामा सिँचाइलाई व्यवस्थित गर्नका लागि टनेल निर्माण गरिने उनले बताए। ४ वर्षभित्रमा उक्त टनेल निर्माणका साथ साथै मूल नहर र सहायक नहर निर्माण गरिने उनले बताए।
 

 

शनिबार १५ जेठ २०७८ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया