×

लघुवित्तले २० प्रतिशत बढी लाभांश दिन ५० प्रतिशत जगेडा थप्नुपर्ने 

images

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गर्दा ५० प्रतिशत जगेडामा जम्मा गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गरी सो व्यवस्था गरेको हो । 

निर्देशिका अनुसार लघुवित्तले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो । तर, नगद लाभांश लघुवित्तकोे २०७८ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो ।

लघुवित्तले वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका लघुवित्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो । 

 

सोमबार १२ मंसिर २०७९ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया