काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–७ स्थित कर्णालीपुरबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–८ बस्ने २४ वर्षीय कृष्ण थारु र २५ वर्षीय गणेश चौधरी छन् ।
आरोपीहरुको साथबाट ३ ग्राम १ सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आइतबार राति प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.१२ प ६३७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक कृष्ण र मोटरसाइकलमा सवार गणेशको साथमा हेरोइन भेटिएको थियो । आरोपीहरुबारे जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया