×

युराेपको कालोसूची कायमै, ईयु प्रतिनिधि फेरि नेपाल आउने

images

काठमाडौं। नेपाली वायुसेवालाई कालोसूचीमा राख्दै आएको युरोपेली युनियन (ईयु) का प्रतिनिधि नेपालको उड्डयन क्षेत्रको स्थलगत अध्ययन गर्न फेरि नेपाल आउने भएका छन्। पछिल्लाेपटक पनि ईयुकाे कालाेसूची कायमै छ।

‘एभिएसन सेफ्टी लिस्ट’ (कालोसूची) मा नेपाललाई निरन्तरता दिएको ईयुमातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा) ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउने भएको हो। 

नेपालका लागि ईयुका राजदूत नोना डेप्रेज र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा ईयुले ‘‘अनसाइट एसेसमेन्ट भिजिट’ गर्न लागेको जानकारी दिएका छन्।

ईयुले नोभेम्बरका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ। यसअघि ईयुको एक टोली गत अक्टोबरमा नेपाल आएको थियो। त्यो टोलीले अक्टोबर ६ देखि ८ सम्म नेपालमा हवाई सुरक्षाबारे अडिट गरेको थियो। टोलीले नोभेम्बर १०–११ मा आफ्नो प्रतिवेदन ईयु एयर सेफ्टी कमिटीमा बुझाएको थियो। त्यसपछि ईयुले नयाँ एयर सेफ्टी लिस्ट निकालेको थियो।

सोमबार १२ मंसिर २०७९ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया